ब्याडमिन्टन टोली भारततर्फ

सइद मोदी अन्तर्राष्ट्रिय ग्रान्ड प्रिक्समा सहभागी हुन ३ खेलाडीसहित ५ सदस्यीय नेपाली ब्याडमिन्टन टोली शनिबार भारतको लखनउ प्रस्थान गरेको छ ।जनवरी २४ देखि २९ तारिखसम्म हुने प्रतियोगिताको पुरुषमा रत्नजित तामाङ तथा महिलामा नङ्शल तामाङ र अमिता गिरीले प्रतिस्पर्धा गर्नेछन् ।
टिम व्यवस्थापकमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य समेत रहेका नेपाल ब्याडमिन्टन संघका महासचिव वीरेन्द्र श्रेष्ठ तथा प्रशिक्षकमा मेघराज कठायत छन् । टोलीलाई नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष सुभाष श्रेष्ठ र सचिव नवीनविक्रम शाहले बिदाइ गरे ।

Comment