भारत उपाधिको नजिक

indiaa
भारतले श्रीलंककालाई ३–० को सोझो सेटमा हराए पछि दक्षिण एशियाली महिला अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता उपाधि नजिक पुगेको छ । सोमवार भएको खेलमा कडा प्रतिद्धन्दी भारतले श्रीलंककालाई २६–२४,२५–११ र २५–१९ ले पाखा लगायो । राउन्डरबिनका आधारमा खेलाईएको खेलमा भारतले अपराजित रहदै ९ अंक जोडेको छ । भारतले अन्तिम खेल कमजोड टिम बंगलादेशसग खेल्ने छ । तीन खेलबाट समान ६–६ अंक बनाएका नेपाल र श्रीलंकका बीचको अन्तिम खेलसगै प्रतियोगिताको समापन समारोह संचालन हुनेछ ।
आइतवारनै भएको बंगलादेश बिरुद्धको खेलमा माल्दिभ्सले २५–१७,१३–२५,२५–२३ र २५–१९ को सान्वना जित हात पारेको छ । तीन खेलबाट समान ६–६ अंक बनाएका नेपाल र श्रीलंकका बीचको अन्तिम खेलसगै प्रतियोगिताको समापन समारोह संचालन हुनेछ ।
दोश्रो संस्करण भारतमा
नेपाल भलिबल संघले सोमवार पत्रकार सम्मेलन गरि दक्षिण एशियाली महिला अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता आगमी बर्ष भारतमा हुने जनाएको छ । नेपाल भलिबल संघका अध्यक्ष दानवहादुर तामाङले प्रतियोगिताको निरन्तरका लागि हामीले पहल गरेको बताए । भारतिय भलिबल संघका अध्यक्ष अवदेशकुमार चौधरीले समयमैे प्रतियोगिता गर्ने कुरामा बिश्वास दिलाउन चहेको बताए । उनले साउथ दक्षिण एसियाको भलिबलको बिकासका लागि तयार रहेको बताए । माल्दिभ्स भलिबल संघका अध्यक्ष युनिस पोपोलाजी र श्रीलंककाका टिम ब्यवस्थापकले पनि महिला भलिबलको निरन्तरताका लागि तयार रहेको बताए ।

Comment