नेरी, प्रकास र सुमनलाई अवार्ड


क्रियटिभ ह्याण्ड्स ग्रुप र ओम फिटनेस क्लब नेपालगन्जले विविध क्षेत्रका पाँच जनालाई सेलिब्रिटी रेस्पोन्स अवार्डबाट सम्मानित गरेको छ । पहिलो चरणमा सेलिब्रिटी रेस्पोन्स कार्यक्रमको पहिलो चरणमा नेपाली महिला राष्ट्रिय क्रिकेटकी प्रथम कप्तान नेरी थापा, चर्चित भारोत्तोलक प्रकाश केसी, मिस नेपालगन्ज सुमन थापा र मिस मध्यपश्चिम एलिना मगर तथा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यलाई उक्त अवार्ड प्रदान गरिएको हो ।
सेलिब्रिटी अवार्ड प्रदान गर्दै प्रमुख सहसचिव चुडामणि पौडलले देशको लागि खेल्ने, समाजलाई र्बै दाटो देखाउने र नयाँ पुस्तालाई समृद्धिको बाटो देखाउने व्यक्तिहरु नै असल सेलिब्रिटी भएको बताए । कार्यक्रममा बोल्दै नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले सके देशका लागि, नभए स्वास्थ्यका लागि भएपनि खेलकुद जरुरी भएको बताए । त्यस्तै नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य एवं मध्यपश्चिम क्षेत्रीय संयोजक झलक गैरेले क्रियटिभ ह्याण्ड्स ग्रुपले नेपालगन्जमा साँच्चिकै क्रियटिभ काम गरिरहेको उल्लेख गर्दै सबैले सकारात्मक रुपमा लिनुपर्ने बिचार व्यक्त गरे । मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भिम ओलीले नेपालगन्जका लागि मिसन २०७५ सुरु भइसकेको बताउँदै साझेदारीका लागि उद्योगी व्यवसायी, राजनैतिक दल, पत्रकार र आम नागरिकलाई समन्वय तथा साझेदारीका लागि आह्वान गरे । सेलिब्रिटी रेस्पोन्स अवार्ड ग्रहण गरेकी नेपाली राष्टिय महिला क्रिकेट टिमका प्रथम कप्तान नेरी थापा मगर र मिस नेपालगन्ज सुमन थापाले यस्ता कार्यक्रमले आफुहरुलाई प्रोत्साहन मिलेको उल्लेख गर्दै धन्यवाद व्यक्त गरे । .
सेलिब्रिटी खबर अनलाइन पत्रिकाको समन्वयमा क्रियटिभ ह्याण्ड्स ग्रुप र ओम फिटनेस एण्ड अर्डर सप्लायर्सले सामाजिक जीवनका बिभिन्न क्षेत्रमा अगुवाई गर्ने व्यक्तित्वहरुका लागि पहिलो पटक सेलिब्रिटी रेस्पोन्स कार्यक्रम सुरु गरेको क्लबका अध्यक्ष लबराज श्रेष्ठले बताए । उनले क्रियटिभ ह्याण्ड्स ग्रुपसँग यो साझेदारी निरन्तर चल्ने जानकारी दिए । सम्मानित सेलिब्रिटीहरुले नेपालगन्जको सुर्खेतरोडस्थित ओम फिटनेस क्लबमा कम्तीमा एक बर्ष निशुल्क जिम व्यायाम, एरोबिक अभ्यास लगायतका सुविधा प्राप्त गर्नेछन् । क्रियटिभ ह्याण्ड्स ग्रुपका हरेक कार्यक्रममा यी सेलिब्रिटीहरु सद्भावना दुतका रुपमा रहने ग्रुपका अध्यक्ष टीएस ठकुरीले जनाए । ग्रुपमा क्रियटिभ ह्याण्ड्स फर नेसनल प्राइड, क्रियटिभ बुक्स, क्रियटिभ पिस भोलन्टियर क्लब र सेलिब्रिटी खबर अनलाइन पत्रिका सम्बद्ध छन् ।

Comment