सगरमाथा अन्तर्राष्ट्रिय करातेको तयारी पूरा

नेपालसितोरियो कराते संघको तत्वावधान, अखिल नेपाल खेलकुद संघको सहयोग तथा नेपाल सितोरियो कराते डो संघ, शाखा डोजो नक्सालको आयोजनामा प्रथम सगरमाथा खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको तयारी पूरा भएको छ ।
नक्सालस्थित स्टार भेन्यु पार्टी प्यालेसमा पुस १० र ११ गते हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजकका प्रमुख प्रशिक्षक एवं प्रतियोगिता संयोजक ईश्वर थापा (गजेन्द्र) ले सोमबार जनाएका छन् ।
आयोजक नक्साल डोजोको १६ औं वार्षिकोत्सवका अवसरमा हुन लागेको प्रतियोगितामा जम्मा २७ स्वर्णकालागि प्रतिस्पर्धा हुनेछ । पुरुषमा १४ र महिलामा १३ स्पर्धामा भिडन्त हुनेछ । प्रतियोगितामा भारत, भुटान र बंगलादेशको सहभागिता निश्चित भइसकेको थापाले जानकारी गराए ।
प्रतियोगितामा करिब १ हजार खेलाडीको सहभागिता रहने बताइएको छ । २०५६ सालमा स्थापित नक्साल डोजोको विभिन्न कार्यक्रम सहित यो समग्रमा १७ औं वार्षिक कार्यक्रम हो ।

Comment