नेपाली महिला भलिबल टोली पराजित

volleyball sundat
नेपाली महिला भलिबल टिम प्रथम दक्षिण एसियाली महिला भलिबल च्याम्पियनसिपको तोस्रो खेलमा भने हार व्यहोर्न पुगेको छ । आईतबार राष्ट्रिय खेलकुद परिषद राखेपको कभर्डहलमा आइतवार सम्पन्न तेस्रो खेलमा नेपाल भारत संग ३ सोझो सेटमा पराजित हुन पुग्यो ।भारतले खेल २५–१६ २५–१७ र २५–१७ ले पराजित गर्योे ।

पहिलो खेलमा माल्दिभ्स र दोस्रो खेलमा बङ्गलादेशलाई ३ सोझो सेटमा पराजित गर्दै ६ अंकका साथ शिर्ष स्थानमा उक्लिएको नेपाल भारतसंगको खेलमा सबै पक्षमा कमजोर रहेको थियो । आईतबार नै भएको पहिलो खेलमा श्रीलङ्काले माल्दिभस्लाई २५–९ २५–१२ र २५–१७ को तिन सोझो सेटमा पराजित ग¥यो ।

Comment