१३ औं आहारारा गोल्डकप फुटबल प्रतियोगितामा माघ २० देखि

पोखरा

हिमश्री फूड्स प्रालिको मुख्य प्रायोजन तथा सहारा क्लब पोखराको आयोजनामा आगामी माघ २० गतेदेखि १३ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ।
फागुन २ गतेसम्म सञ्चालन हुने प्रतियागितामा नेपाल ए डिभिजनका क्लब, विदेशी टीम, पूर्वाञ्चल र पश्चिमाञ्चलका क्लब र आयोजक टीम गरी १२ टीमको सहभागिता रहने आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।प्रतियोगितामा प्रथम र द्वितीय हुने टीमलाई नगद र ट्रफी तथा बेस्ट प्लयेरलाई मोटरसाइकल प्रदान गरिने छ।

यस्तै बेस्ट कोच, बेस्ट, स्ट्राइकर, बेस्ट मिडफिल्डर, बेस्ट डिफेण्डर, बेस्ट गोलकिपर, हाइस्कोरर तथा म्यान अफ दी म्याचलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ।कुनै पनि पुरस्कार राशि नखुलाइकन आयोजना गरिएको पत्रकार सम्मेलन क्लबले यसवर्षदेखि सहभागी टीमहरूलाई सुविधा वृद्धि गर्ने अध्यक्ष वीरभद्र आचार्यले जानकारी दिए।
उनले सधैँ माघको पहिलो हप्ता हुने प्रतियोगिता यसपटक विशेष कारणले केही पछि सरेको र दर्शकको जानकारीको लागि समय सार्वजनिक गरिएको बताए। उनले भने–‘हामी केही दिनमै हामी बैठक बसी पुरस्कार राशिको टु·ो लगाउनेछौं।’

उनले अखिल नेपाल फुटबल सङ्घबाट प्रतियोगिता आयोजना गर्ने समय पाएको र विदेशी टीमलाई सम्पर्क गर्ने पनि जानकारी दिए।१२ औं संस्करणको च्याम्पियन आयोजक टीम सहारा क्लब नै हो।कार्यक्रममा मुख्य प्रायोजक हिमश्री फूड्स प्रालिका निर्देशक प्रकाश केसीले प्रतियोगितामार्फत आफूहरूले समाजसेवा गर्ने अवसर पाएको बताए।
उनले सहाराको ख्याती विदेशभरि बढ्दै गएको हेर्ने चाहना आफूहरूको रहेको बताए।
क्लबका संस्थापक अध्यक्ष वसन्त थकालीले स्थापना गर्दा क्लबले यति छिटो प्रगति गर्छ भनेर आफूले सोच्न नसकेको भन्दै अझै क्लबको प्रगति हेर्न चाहेको बताए।
सोही अवसरमा क्लबले अष्ट्रेलियामा पनि आÇनो शाखा विस्तार गरेको जानकारी दिइएको थियो।क्लबका अध्यक्ष वीरभद्र आचार्यले क्लबका संस्थापक सदस्य एवं अष्ट्रेलियामा व्यवसाय सञ्चालन गर्दै आएका राजमान थकालीलाई कार्यसमिति पछि विस्तार हुनेगरी संयोजकको जिम्मा साथै अनुमति पत्र पनि प्रदान गरे।
संयोजक थकालीले आफूहरूलाई क्लबले विश्वास गरेकोमा धन्यवाद दिँदै क्लबलाई अष्ट्रेलियामा फैलाउने बाचा गरे।

क्लबका अध्यक्ष वीरभद्र आचार्यकोअध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष केशवराज बराल, उपाध्यक्ष एवं खेल संयोजक हरिराम गुरुङले मन्तव्य राखेका थिए भने महासचिव केशवबहादुर थापाले कार्यक्रम सञ्चालन गरेका थिए।

Comment