नेपालको उत्कृष्ट प्रदर्शन

 

नर्वेको ट्रोम्सोमा जारी चेस ओलम्पियाडको पाचौ चरणसम्म नेपाली खेलाडीको प्रदर्शन उत्कृष्ट रहेको छ । पाचौ चरणमा ट्रिनीडाड एन्ड टोबागोलाई नेपालले ३–१ ले पराजित ग¥यो । पाचौ चरणमा मनीस हमाल, रिजेन्द्र राज भण्डारी र केशब श्रेष्ठले जित हात पारे । सुजेन्द्र श्रेष्ठले भने पराजयको सामना गरे । यस अघि चौथो चरणमा नेपालले हाइटीलाई ४–० ले पराजित गरेको थियो ।
पाच चरणको समाप्तीमा नेपालका तीन खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन् मनी हमालले खेलेका चार खेलमा तीन अंक जोडे भने रिजेन्द्र राजभण्डारीले ५ मा चार अंक जोडे । यसमा एक ग्रान्डमास्टरसंगको जित पनि समाबेश छ । केशबले ५ मा ३.५ अंक जोडेका छन् ।
नेपाली टोलीले रिजेन्द्र र केशबबाट आइएमसम्मको अपेक्षा गरेको छ । छैटौ चरणमा पाचौ चरणमा झै नै नेपाल भन्दा केही माथिल्लो बरियताको टोली भएका कारण नेपालका लागि अनुकल मानीएको छ ।
छैटौ पटकको सहभागितामा नेपालले यस भन्दा अगिाडीका ओलम्पियाडबाट दुइ एफएम पाएको थियो । नेपालका पहिलो एफएम मनीस हमाल बोर्ड नम्बर एकमा प्रतिस्पर्धा गरिरहेका छन् ।

Comment