आर्मी र मध्यमाञ्चल राष्ट्रिय हकी प्रतियोगिताको फाइनलमा प्रवेश

पोखरा

नेपाल आर्मी र मध्यमाञ्चल टीम पोखरामा जारी राष्ट्रिय हकी प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्। नेपाल हक्की सङ्घको आयोजना तथा कास्की जिल्ला हकी सङ्घको व्यवस्थापनमा नदीपुरस्थित नगरविकास प्रशिक्षण केन्द्रको खेलमैदानमा आइतबार भएको पहिलो खेलमा खेलमा  नेपाल आर्मीले  पूर्वाञ्चलविरुद्ध १०–० को नतिजा निकाल्दै फाइनलमा स्थान बनायो।

आर्मीको  जीतमा अमित श्रीवास्तवले ह्याट्रिक, दीपेन्द्र ऐरी र राम शाहले दुई–दुई तथा शेरबहादुर रोकाय, सत्यनारायण चौधरी र कामी जिरायोले एक–एक गोल गरेका थिए।
दोस्रो सेमिफाइनल खेलमा मध्यमाञ्चलले सुदूर पश्चिमाञ्चललाई अतिरिक्त समयको सदुपयोग गर्दै २–१ गोलको अन्तरले पाखा लगायो। निर्धारित ७० मिनेटको समयमा भध्यमाञ्चलका अ्रकित पाठक र सुदूरपश्चिमाञ्चलका किसन विष्टले एक–एक गोल गरेपछि निर्णायको लागि अतिरिक्त १५ मिनेट खेलाइएको थियो।

त्यसमा अंकित पाठकले व्यक्तिगत दोस्रो गोल गरेपछि मध्यमाञ्चलले फाइनलमा आर्मीसँगको भेट पक्का ग¥यो। फाइनल खेल म·लबार हुनेछ।सोमबार तेस्रो स्थानका लागि सुदूरपश्चिमाञ्चल र पूर्वाञ्चलबीच प्रतिस्पर्धा हुनेछ। सुदूरपश्चिमाञ्चलले मध्यपश्चिमाञ्चललाई ७–० हराउँदै सेमिफाइनलको यात्रा पक्का गरेको हो।
प्रतियोगितामा प्रथम हुने टीमले ५० हजार, द्वितीय हुने टीमले ३० हजार, तृतीय हुने टीमले २० हजार, तथा सान्त्वनाले १० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्।

Comment