ह्यान्डबलमा आर्मी र एपीएफ भिड्ने


ह्यान्डबलको पुरुष र महिला दुवैमा आर्मी र एपीएफ बिहीबार फाइनलमा प्रवेश गरेका छन् । पुरुषमा आर्मीले पूर्वाञ्चललाई ३५–२० ले पराजित गर्दै अर्को विभागीय टोली एपीएफसंग फाइनल भेट पक्का ग¥यो । अर्को सेमिफाइनलमा एपीएफले पश्चिमाञ्चललाई ३२–२६ हराएको थियो ।
मोरङको टंकीसुनवारीमा भएको महिला सेमिफाइनलमा आर्मीले पश्चिमाञ्चललाई २७–१२ ले पाखा लगायो । फाइनलमा आर्मीको महिला टोलीले पनि एपीएफलाई नै प्रतिद्वन्द्वी पाएको छ । अर्को सेमिफाइनलमा एपीएफले मध्यमाञ्चलमाथि ४३–६ को सहज जित दर्ता गरेको थियो ।

Comment