महिलामा आर्मी र पुरुषमा एपीएफको प्रभाव

सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत बुधबार सुरु भएको दोस्रो राष्ट्रिय फेन्सिङ्ग प्रतियोगिता को उद्घाटन नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवन राम श्रेष्ठले उद्घाटन गरे । प्रतियोगिता अन्तरगत पहिलो दिन इपीका इभेण्ट सम्पन्न भए । उक्त स्पर्धामा आर्मीकी इन्दीरा पौडेल, आर्मीकै अन्जना श्रेष्ठ तथा पश्चिमाञ्चलकी राखी शर्मा र आर्मीकी रविना धिमाल शिर्ष तीन स्थानमा रहे ।
पुरुष इपेमा एपीएफका जंग गिरी र राजेन्द्र श्रेष्ठ शिर्ष दुइ स्थानमा रहे । मध्यमाञ्चलका सुविराज याखा र ओमकार सिंहले काश्य पदक जिते । महिलाको इपे टिममा मनिषा रायमाझी, इन्दिरा पौडेल, अन्जना श्रेष्ठ र रविना धिमाल सम्मीलीत आर्मी टिम पहिलो भयो । श्रद्धा मल्ल, जानुका स्याङ्गतान, अनिता कार्की र सुदिना धिमाल सम्मीलीत एपीएफ दोश्रो भयो । सुषमा के मल्ल, उषा खड्का र अन्जु तामाङ्ग सम्मीलीत एपीएफ दोश्रो भयो । पुरुषको इपे टिममा सुखीराम तामाङ्ग, जंग गिरी, राजेन्द्र श्रेष्ठ र सागर थापा रहेको एपीएफ दोश्रो भयो ।
छिरीङ्ग तामाङ्ग, मिराज प्रजापति, सुविराज याखा र ओमकार सिंह सम्मीलीत मध्यमाञ्चल दोश्रो भयो । प्रकाश भण्डारी, सागर के.सि, दिपेन्द्र विष्ट र सबि श्रेष्ठ रहेको आर्मी टिम तेश्रो भएको थियो ।
महिलाको ब्यक्तिगत साब्रेमा अस्मिता बस्नेतले स्वर्ण, तुलसा बुढाथोकीले रजत, रविना थापा र सुकमाया घिसिङ्गले काँस्य पदक जिते । पुरुषको ब्यक्तिगत साब्रेमा एपीएफका जयराज अवस्थिले स्वर्ण, सोही टोलीका प्रकाश कुँवरले रजत तथा आर्मीका अमित भण्डारी र पश्चिमाञ्चलका खुशीमान गुरुङ्गले काँस्य पदक जिते ।
गल्र्सको टिम साब्रेमा कमला श्रेष्ठ, अश्मिता बस्नेत, रविना थापा र जानुका थापा मगर रहेको आर्मी क्लब पहिलो भयो । तुलसा बुढाथोकी, मिनादेवी पौडेल, सुकमाया घिसिङ्ग र मुना थापा रहेको एपीएफ दोश्रो भयो ।
जिनिया राना, सृष्टि चौधरी, शान्ति भण्डारी र अनिता वmुमाल रहेको पश्चिमाञ्चल तेश्रो भयो । पुरुषको टिम साब्रेमा नेपाल आर्मी क्लब पहिलो भयो । सो टोलीमा मदन थापा,तिल बहादुर भष्डारी, सागर श्रेष्ठ र अमित भण्डारी सम्मीलीत थिए । स्पर्धामा एपीएफ दोश्रो भयो । सो टोलीमा प्रकाश वmँुवर, राजेन्द्र गजुरेल, मिन प्रकाश जोरा र जयराम अवस्थि सम्मीलीत थिए । मध्यमाञ्चलले काश्य पदक जित्यो टोलीमा सुरेन्द्र पालुङ्गवा, पायस योञ्जन, विजय वmुमार श्रेष्ठ र वृmष्ण रायमाझी थिए ।

Comment