हक्कीमा आर्मी र सुदुर पश्चिमलाई उपाधि

सातौं राष्ट्रिय खेलकुद– २०७३ अन्तर्गत पुरुष हक्कीमा आर्मीले स्वर्ण हात पारेको छ । विराटनगरस्थित दिल्ली पब्लिक स्कुलमा भएको फाइनलमा आर्मीले सुदूरपश्चिमाञ्चललाई २–० गोलअन्तरले पराजित ग¥यो । निर्धारित ७० मिनेटको १९ औं मिनेटमा सत्यनारायण चौधरीले आर्मीलाई १–० को अग्रता दिलाए । ६८ औं मिनेटमा अमित श्रीवास्तवले आर्मीका लागि दोश्रो गोल थपे ।
मध्यमाञ्चलले मध्यपश्चिमाञ्चललाई ८–० गोलले हरायो । पुरुष हक्कीमा पाँच क्षेत्र र आर्मीले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
महिलामा सुदूरपश्चिमाञ्चलले स्वर्ण हात पा¥यो । मध्यपश्चिमाञ्चल बाहेक चार क्षेत्र र आर्मी सहभागी महिलाको राउन्ड रोविन लिगमा सुदूरपश्चिमाञ्चलले सबै प्रतिद्वन्द्वीलाई हराउदै ८ अंक जोड्यो । दोश्रो भएको आर्मीले ६ अंक जोड्यो भने तेश्रो स्थानमा रहेको मध्यमाञ्चलले ४ अंक बटुल्यो ।पुस ९ गतेदेखि सुरु हक्कीको अन्तिम दिन महिलातर्फ सुदूरपश्चिमाञ्चलले पश्चिमाञ्चललाई २–० तथा आर्मीले पूर्वाञ्चललाई ४–० गोलअन्तरले निराश पारे ।

Comment