दीप युनाइटेड, नाउडाँडा, फेदी, रिभान र गार्डेन एफसी क्वाटरफाइनलमा प्रवेश

पोखरा
बुद्धटोल युवा क्लब पोखरा पुरानो टुँडिखेलको आयोजनामा पुरानो टुँडिखेल मैदान बगरमा जारी नवौं विटी कप सेभेन–ए–साइड फुटबल प्रतियोगिताअन्तर्गत आइतबार प्रिक्वाटरफाइनलका पाँच खेल सम्पन्न भएका छन्।जसअनुसार दीप युनाइटेड, यु–१७ नाउडाँडा, फेदी एफसी, युभीवाईसी रिभान र गार्डेन एफसी क्वाटरफाइनलमा प्रवेश गरेका छन्।
पहिलो खेलमा फेदी एफसीले एलजी एशोसिएसन ए लाई ३–१ ले निराश पार्दै क्वाटरफाइनलमा प्रवेश ग¥यो। फेदीको जीतमा बुद्ध परियारले दुई तथा अनिल गुरुङले एक गोल गरेका थिए।एलजी एशोसिएसन ए को लागि मात्र एक गोल सुशील केसीले गरेका थिए।
दोस्रो खेलमा दीप युनाइटेडले रत्नासेवा समाज बी लाई ३–२ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनायो। दीप युनाइटेडको लागि सञ्जय पुनले दुई तथा अनिल गुरुङले एकगोल गरेका थिए भने रत्नासेवा समाज बी को लागि विमल तामाङ र मीन तामाङले एक–एक गोल गरेका थिए।
तेस्रो खेलमा गार्डेन एफसीले रत्ना सेवा समाज ए लाई टाइब्रेकरमा ३–२ ले पाखा लगाउँदै अन्तिम आठमा स्थान पक्का ग¥यो। निर्धारित समय गोलरहित बराबरीमा सकिएको थियो।
चौथो खेलमा स्वस्तिक नेपाललाई ४–२ ले हराउँदै यु–१७ नाउँडाडा पनि क्वाटरफाइनलमा  उक्लिन सफल भयो। नाउडाँडाको लागि कुमार गुरुङ, सुनिलसुवेदी, वासु शेर्पा र सञ्जीव बानियाँले एक–एक गोल गरे भने स्वस्तिक नेपालको तर्फबाट मिलन गुरुङ र सागर गुरुङले एक–एक गोल गरेका थिए।
पाँचौं खेलमा एएमपिएम गौरीघाटले बी–१३ सत्य युवा क्लबलाई टाइब्रेकरमा ३–२ ले पराजित गर्दै प्रिकवाटरफाइनलमा स्थान बनायो। निर्धारित समय एक–एक गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो। निर्धारित समयमा गौरीघाटको लागि सुनिल विक र सत्य युवा क्लबको लागि शिव सुवेदीले एक–एक गोल गरेका थिए।
सोमबार एलजी एशोसिएसन बी र लेकसाइड क्लबबीच छैटौं, प्राइज ट्याग र नयाँगल्ली युनाइटेडबीच सातौं तथा एएमपिएम गौरीघाट र पोखरा भ्याली स्पोर्टस् क्लबबीच आठौं प्रिक्वाटरफाइनल खेल अर्थात तीन खेल हुने राजु गुरुङले जानकारी दिए।
पुस १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ३५ टीमको सहभागिता रहेको छ। प्रतियोगितामा विजेता टीमलाई नगद ७५ हजार पाँच सय ५५ तथा उपविजेता टीमलाई नगद ४५ हजार पाँच सय ५५, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक प्रदीपकुमार राई ‘दाह्रासिंह’ ले जानकारी दिए।

Comment