हक्कीमा आर्मी फाइनलमा

सातौ राष्ट्रिय खेलकुद अन्तरगत पुरुष हक्कीमा आर्मीले मध्यमाञ्चललाई १२–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । मध्यमाञ्चल र सुदूरपश्चिमाञ्चलबीचको अर्को सेमिफाइनल गोलरहित बराबरीमा टुंगियो । बराबरीमा टुंगिए पनि खराब प्रकाशका कारण समय थप्न नमिल्ने भएपछि खेल स्थगित गरिएको छ । बुधबार उक्त सेमिफाइनल पुनः सुरुआतकै अवस्थाबाट खेलाइने हक्की प्रशिक्षक राजेन्द्र पाठकले जनाएका छन् ।
महिलाको राउन्ड रोविन लिगमा सुदूरपश्चिमाञ्चले आर्मीलाई १–० गोलअन्तरले पन्छायो । जितसंगै सुदूरपश्चिमाञ्चल ६ अंकसहित शीर्ष स्थानमा छ ।

Comment