महिलामा पश्चिमाञ्चल सेमिफाइनलमा

सातौ राष्ट्रिय खेलकुद अन्तर्गत भएको कबड्डी प्रतियोगितामा नेपाल पुलिस, मध्यमाञ्चल, आर्मी र पश्चिमाञ्चल महिला तर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् । यस्तै पुरुष तर्फ सेना र सशस्त्रले फाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन् भने पश्चिमाञ्चलले मध्यपश्चिमाञ्चलको सामना गर्ने भएका छन् ।
लिग कम नकआउटको आधारमा खेलाईएको प्रतियोगितामा महिला तर्फ ८ र पुरुष तर्फ ७ टिमको सहभागित रहेको थियो । प्रतियोगिताको सेमिफाइनलका खेल मंगलबार हुने छ ।

Comment