धनगढीमा कराते प्रतियोगितामा

पाचौं खुला अन्तराष्ट्रिय कराते प्रतियोगिता  २९ र ३० साउनमा धनगढीमा हुने भएको छ । सुदुर पश्चिमाञ्चल क्षेत्रिय रंगशालामा हुने प्रतियोगितामा नेपाल लगायत भारत, श्रीलंका, पाकिस्तान, भुटान र बंगलादेशका खेलाडीको सहभागिता रहने छ । ४१ स्पर्धामा ५ सय ५० खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । समाबेश स्पर्धामा काता तर्फ क्याडेट, जुनियर र सिनीयर महिला र पुरुष तथा कुमुतेमा पनि महिला र पुरुषका क्याडेट, जुनियर र सिनीयरका भिन्न स्पर्धा समाबेश गरिने छन् ।
सुदुर पश्चिमाञ्चल गोजुरियो कराते डो संघको आयोजनामा हुने प्रतियोगिताको कुल लागत ८ लाख ७५ हजार रहेको आयोजक कमिटीका संयोजक नारद मुनी रानाले बताए ।

Comment