दोस्रो अमन गुरुङ स्मृति सेभेन–ए–साइड फुटबल प्रतियोगिताको तयारी पूरा

pokhara press conference
पोखरा
पोखरा भ्याली स्पोर्टस् क्लब पोखरा–१०÷१५ रामबजारको आयोजना एवं इन्टेक ०६ ब्रिगेड अफ गोर्खाज, बेलायतको मुख्य प्रायोजनमा आगामी पुस ८ देखि १२ गतेसम्म माछापोखरी खेलमैदान संगमटोलमा सञ्चालन हुने दोस्रो अमन गुरुङ स्मृति सेभेन–ए–साइड फुटबल प्रतियोगिता–२०७१ को तयारी पूरा भएको छ।
नयाँ खेलाडीको खोजी गरी प्रशिक्षण दिने साथै मोफसलका खेलाडीलाई अवसर प्रदान गर्ने तथा पर्यटन प्रवद्र्धनमासमेत सहयोग पु¥याउने उद्देश्यले सञ्चालन गर्न लागिएको सो प्रतियोगितालाई रोचक बनाउन र सफलतापूर्वक सम्पन्न गराउन युकेको चार टीमसहित उत्कृष्ट ३२ टीमलाई सहभागी गराइने शुक्रबार क्लब प्राड्डणमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।
रामबजार सोसाइटी युके, रामबजार पोखरा हङकङ, भ्याली स्पोर्टस् क्लब कोरिया, रामबजार ग्रुप अमेरिका र डल्फिन ब्वाइज हङकङको विशेष सहयोग रहेको सो प्रतियोगितामा विजेता टीमलाई नगद ८० हजार तथा उपविजेता टीमलाई नगद ४० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। यस्तै बेस्ट प्लयेर, हाइस्कोरर र फेयर प्ले टीमलाई जनही पाँच हजार तथा ट्रफी प्रदान गरिने क्लबका उपाध्यक्ष एवं खेल संयोजक नरेन्द्र (राजु) गुरुङले जानकारी दिए।
पोखरा भ्याली स्पोर्टस् क्लब कोरियार रामबजार ग्रुप अफ अमेरिका प्रायोजक रहेको प्रतियोगितामा प्रथम पुरस्कारको प्रायोजन डल्फिन ब्वाइज क्लब हङकङ, द्वितीय पुरस्कारको प्रायोजन हिमश्री फूड्स प्रालिले गरेको क्लबका सचिव सम्मरबहादुर श्रेष्ठले जानकारी दिए।
यस्तै बेस्ट प्लयेरको पुरस्कार प्रायोजन सहारा क्ब पोखरा, हाइस्कोररको पुरस्कार प्रायोजन श्याम क्षत्री हङकङ र फेयर प्लये पुरस्कारको प्रायोजन सहारा स्पोर्टस् कर्नरले गरेको छ।
क्वाटरफाइनलबाट प्रदान गरिने म्यान अफ दी म्याचको ट्रफी सुवास गुरुङ हङकङले प्रायोजन गरेका छन्।पिउने पानीको प्रायोजन श्रीकृष्ण मन्दर आमा समुह रामबजार, कृष्णचोकले गर्ने क्लबका कोषाध्यक्ष विश्व तण्डुकारले जानकारी दिए।
पत्रकार सम्मेलनमा इन्टेक ०६ का ब्रिटिश गोर्खाज एवं पूर्व राष्ट्रिय खेलाडी सन्तोष श्रेष्ठले क्लबको लागि ५० रकम सड्ढलन गरेर ल्याएको तथा युकेबाट करिब चार टीम प्रतियोगितामा सहभागी हुने बताए।
छ लाख ५० हजार खर्च हुने तथा आठ लाख आम्दानी हुने अनुमान गरिएको प्रतियोगिताबाट बचत भएको रकमको ५० प्रतिशत अमन गुरुङ अक्षयकोषमा जम्मा गर्ने तथा ५० प्रतिशत रकम क्लब सञ्चालनमा खर्च गरिने क्लबका कार्यबाहक अध्यक्ष खेम गुरुङले जानकारी दिए। उनले यस प्रतियोगितालाई हरेक वर्ष निरन्तररूपमा सञ्चालन गर्दै जाने र भविष्यमा यसलाई इलेभेन–साइडको रूपमा विकास गराउने क्लबको लक्ष्य भएको बताए।
इन्टेक ०६ ब्रिगेड अफ गोर्खाजका नम्बरीहरूले आÇना सहकर्मी रामबजार निवासी फुटबल खेलाडी अमन गुरुङको स्मृतिमा २०६९ सालमा १० लाख रुपैयाँको अक्षयकोष स्थापना गरी अमन गुरुङको सम्झनामा हरेक वर्ष फुटबल प्रतियोगिता आयोजना गर्ने लक्ष्य राखी सो रकम पोखरा भ्याली स्पोर्टस् क्लबलाई हस्तान्तरण गरेका थिए। सोही अक्षयकोषबाट प्राप्त ब्याज तथा अन्य सङ्घसंस्थाको सहयोगबाट क्लबले अघिल्लो वर्षदेखि प्रतियोगिता सञ्चालन गर्दै आएको छ। डिफेण्डिङ च्याम्पियन आयोजक टीम नै हो।
प्रतियोगिता सम्पन्न गर्न क्लबका कार्यबाहक उपाध्यक्ष नरेन्द्र गुरुङ (राजु) को संयोजकत्वमा मूल आयोजक समिति तथा विभिन्न उपसमिति गठन गरिएको छ।उद्घाटनको अवसरमा रामबजार १० र १५ का महिला समूहबीच मेत्रीपूर्ण खेल खेलाइने छ।
क्लबका कार्यबाहक अध्यक्ष खेम गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सम्मरबहादुर श्रेष्ठले गरेका थिए।

Comment