पश्चिमाञ्चललाई उपाधी

handball title1

पश्चिमाचल (हिमालयन क्लब) पोखरामा जारी पश्चिम पृतना दोश्रो खुला राष्टिय ह्याण्डबल रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी जितेको छ । पश्चिम पृतनाको आफ्नै मैदानमा भएको फाईनल प्रतियोगितामा पश्चिमाञ्चलको हिमालयन क्लबले सेनाको रातो टोलीलाई २५—१७ ले पराजित गर्दै उपाधी हात पारेको हो । पश्चिमाञ्चलको लागि प्रेम गुरुङ्गले ९ गोल गरे । त्यस्तै सेनाको लागि अमर श्रेष्ठले ५ गोल गरे ।
उपाधीका साथै विजेता टोलीले ६० हजार र पविजेता सेनाको रातोले ३० हजार रुपिया पुरस्कार पायो । ४ दिन सम्म संचालित प्रतियोगिताको उत्कृष्ट खेलाडी पश्चिमाञ्चल हिमालय क्लबका विमल अधिकारी भए । उनले ५ हजार रुपिया पाए । विजेता खेलाडीहरुलाई पश्चिम पृतनापति उपरथी पदम विलास कार्की तथा का.मु. क्षेत्रिय प्रशासकिय प्रमुख दिनेश कुमार थपलिया र  नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज गुरुङ्ग लगायतले पुरस्कार वितरण गरे ।
प्रतियोगिताको तश्रो स्थान सशस्त्र प्रहरीको एपिएफ क्लब भएको छ । एपिएफले निकै प्रतिस्पर्धात्मक खेलमा सेनाको निलो टोली लाई ३२ — २३ले पराजित गर्न सफल भयो । एपिएफका मनोज ठगुन्ना र विरेन्द्र चन्दले समान ७÷७ गोल गरे । निलोको तर्फबाट विनोद श्रेष्ठले ९ गोल गरे ।
तेश्रो हुने टोलीले नगद १५ हजार रुपिया पायो ।

Comment