राष्ट्रिय वादोरियो कराते शुक्रबारदेखि

नेपाल वादोरियो कराते डो संघको आयोजनामा तेश्रो राष्ट्रिय वादोरियो कराते प्रतियोगिता शुक्रबारदेखि दोलखामा सुरु हुँदैछ ।
प्रतियोगितामा पुरुष र महिलातर्फ १६ स्वर्णका लागि प्रतिस्पर्धा हुने नेपाल कराते महासंघका महासचिव एवं वादोरिया प्रमुख प्रशिक्षक हरिशरण केसीले जनाएका छन् । पाँच विकास क्षेत्रका २ सय ९५ खेलाडीले प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक बालकृष्ण आचार्यले जानकारी गराए । आमन्त्रित टिमका रुपमा भारत पनि प्रतियोगितामा सहभागी हुने बताइएको छ ।
प्रतियोगतिाको पूर्व सञ्चार मन्त्री अग्नी सापकोटाले उद्घाटन गर्ने कार्यक्रम छ । दुईदिने प्रतियोगिताका खेलहरु दोलखाको देवी उमाविको प्राङ्गणमा हुनेछ ।

Comment