ललीतपुरमा ब्याडमिन्टन छनोट सुरु

abhisek-gurunge
पूर्वाञ्चलमा आयोजना हुने सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत ब्याडमिन्टनको मध्यमाञ्चल क्षेत्रीय छनोट प्रतियोगिता ललितपुरमा बुधबार सुरु भएको छ । महिला तर्फ २६ र पुरुष तर्फ ६९ खेलाडीहरुले छनोट प्रतियोगितामा सहभागिता जनाईरहेका छन् ।
अन्तराष्ट्रिय खेल परिसरमा भएको प्रतियोगिताको पहिलो दिन ललितपुरका क्यारोन महर्जनले बाराका जितेन्द्र यादवलाई १८–२१, २१–१५, २१–१९ले पराजित गर्दै दोश्रो चरणममा स्थान बनाए । यस्तै ललितपुरकै दिपेश शाक्यले नुवाकोटका विक्रम भण्डारीलाई २१–५, २१–५ को सोझो सेटमा हराए । यस्तै आज भएको प्रतियोगिताबाट दोश्रो चरणमा प्रवेश गर्नेहरुमा प्रकाश श्रेष्ठ सिन्धुपाल्चोक, विजय के.सी. धनुषा, साईनिङ्ग महर्जन ललितपुर, हरी गोतामे धादिङ्ग, सन्तोष श्रेष्ठ दोलखा, भिमबहादुर थापा ललितपुर, रेवती कार्कि मकवानपुर, रमेश श्रेष्ठ सिन्धुपाल्चोक, बरुण कुमार दाहाल महोत्तरी, भुपाल राना सर्लाही आआफ्ना प्रतिद्वन्दिलाई पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरेको समिर बहादुर सिंहले जानकारी गराए ।
कार्यक्रमको नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठले उद्घाटन गरेका थिए । कार्यक्रममा राखेपका सदस्य विरेन्द्र श्रेष्ठ, ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, संयोजक द्वय मध्यमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका सदस्य उमेश के.सी. र नारायण गमालको उपस्थिती रहेको थियो ।

Comment