रायना यु–९ सिंगल्स च्याम्पियन

tennis redरायना शाहले १३ औं जयकर स्मृति राष्ट्रिय जुनियर खुला लनटेनिस प्रतियोगिताको यु–९ गल्र्स सिंगल्सको उपाधि बिहीबार जितेकी छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा रायनाले अजा रेग्मीलाई ८–० ले पराजित गरिन् ।
सोही स्पर्धाको ब्वाइजमा रनव सिंहले अकी जुवेन राउतलाई ८–४ तथा आदित्य सुवेदीले आरवसम्राट हाडालाई ८–३ ले हराउदै फाइनलमा पुगे ।
यु–१० ब्वाइज सिंगल्समा आदित सुवेदीले अकी जुवेन राउतलाई ८–५ तथा आर्यन गिरीले आदित्य सुवेदीलाई ८–४ ले निराश पार्दै फाइनल यात्रा तय गरे ।
सोही स्पर्धाको गल्र्समा सलोनी तामाङले मानवी शाहलाई ८–१ तथा इशाश्री शाहले रायना शाहलाई ८–३ ले पाखा लगाउदै उपाधि भिडन्त पक्का गरे ।
अखिल नेपाल लनटेनिस संघको सहयोगमा मन–जयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको यु–१२ ब्वाइज सिंगल्समा सम्यकभूषण वज्राचार्यले प्रमोद बुढाथोकीलाई ६–१ र ६–० तथा सुलभ धितालले छविलाल विश्वकर्मालाई ७–५ र ६–४ को सोझो सेटमा पन्छ्याउदै फाइनलमा स्थान सुरक्षित गरे ।
यु–१४ ब्वाइज सिंगल्समा रेन्जन लामाले प्रशान्त बस्नेतलाई ६–० र ६–२ तथा संरक्षकभूषण वज्राचार्यले दीपेश खत्रीलाई ६–१ र ६–१ ले पराजित गर्दै फाइनलमा पुगे ।
यु–१४ गल्र्स सिंगल्समा मायांका राणाले राधा भुजेललाई ६–० र ६–०, माहिका राणाले खुशी पाण्डेलाई ६–०, २–६ र ६–१, इरा राउतले क्याथ्रिन माथेमालाई ६–४ र ७–६ तथा एनी माथेमाले इशिका अग्रवाललाई ६–० र ६–० ले पाखा लगाउदै सेमिफाइनलमा स्थान बनाए ।

Comment