टप्स उमावि १४ औं प्याब्सन स्पोर्टस् मिटको च्याम्पियन

tops
पोखरा
प्याब्सन कास्कीको आयोजना, क्षेत्रीय एवं जिल्ला खेलकुद विकास समितिको व्यवस्थापन तथा कास्की जिल्ला भलिबल, फुटबल, टेबुलटेनिस र एथलेटिक्स सङ्घको सहयोगमा सञ्चालित १४ औं प्याब्सन स्पोर्टस् मिट–२०७१ को च्याम्पियन टप्स उमावि बन्न सफल भएको छ। कुल २६ स्वर्णको लागि भएको प्रतिस्पर्धामा टप्सले एथलेटिक्सतर्फ १० तथा भलिबलमा एक स्वर्ण गरी ११ स्वर्ण जितेको थियो।
एथलेटिक्सतर्फ छात्रछात्रा प्रथम, छात्रा भलिबलमा प्रथम भएको टप्स समग्रमा २१ अड्ढ जोड्दै यस वर्षको च्याम्पियन बनेको हो। २०६७ र २०६९ को स्पोर्टस् मिटमा पनि च्याम्पियन बनेको टप्सले योसँगै प्याब्सन कास्कीको इतिहासमै पहिलोपटक रनिङशिल्डमाथि कब्जा जमाउन सफल भएको छ। प्रमुख अतिथि नेपाल सरकारका शिक्षामन्त्रालयका सचिव विश्वप्रकाश पण्डितले विद्यालयका संस्थापक प्रिन्सिपल रत्नमान गुरुङ र संस्थापक भक्ति गुरुङलाई रनिङशिल्ड हस्तान्तरण गरेका थिए।
छात्र भलिबलमा प्रथम, टेबुलटेनिसमा छात्रतर्फ प्रथम भएको हिलपोइण्ट हाइस्कुल समग्रमा १३ अड्ढसहित दोस्रो तथा सिनियर फुटबलमा प्रथम, छात्र एथलेटिक्समा तृतीय भएको सोसल पब्लिक स्कुल समग्रमा १० अड्ढसहित तेस्रो बन्न सफल भयो। एथलेटिक्समा छात्रतर्फ टप्स उमावि प्रथम, सृजना उमावि द्वितीय, सोसल पब्लिक स्कुल तृतीय, छात्रातर्फ टप्स उमावि प्रथम, फिस्टेल एकेडेमी द्वितीय, बेसलाइन एकेडेमी तृतीय भएको प्याब्सन कास्कीका उपाध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए।
बुधबार भएको सिनियर फुटबल फाइनलमा सोसल पब्लिक स्कुलले नेपालआदर्श आउमाविलाई १–० ले हराउँदै च्याम्पियन बन्यो। दोस्रो हाफ सकिन नौ मिनेट बाँकी छँदा श्रीस थापाले गरेको निर्णायक गोलको मद्दतले सोसलले नेपाल आदर्शलाई १–० ले पराजित गरेको हो।तेस्रो स्थानको लागि भएको खेलमा ताराकुञ्ज बोर्डिङ स्कुलले नोभेल इन्टरशेनल स्कुललाई २–० ले पराजित गरेको खेल संयोजक जगत थापाले जानकारी दिए।
यस्तै बुधबार नै सम्पन्न छात्र भलिबलको उपाधि हिलपोइण्ट हाइस्कुलले जितेको छ। फाइनल खेलमा मेरीगोल्ड बोर्डिङ स्कुललाई २५–११, २५–११ र २५–९ को सोझो सेटमापराजित गरेको हो। तेस्रो स्थानको लागि भएको खेलमा भाष्कर मेमोरियल स्कुलले रिभरडेल स्कुललाई २५–१२, २५–१९ र २५–१९ को सोझो सेटमा पराजित ग¥यो। छात्रातर्फको फाइनलमा टप्स उमाविले केफ उमाविलाई २५–६, २५–८ र २५–२० को सोझो सेटमा पराजित ग¥यो।तेस्रो स्थानको लागि भएको खेलमा नोभेल इन्टरनेशनल स्कुलले हिलपोइण्ट हाइस्कुललाई पराजित ग¥यो।
एथलेटिक्सतर्फ छात्र चार सय मिटर दौडमा विद्यानिकेतन स्कुलका राजु परियार प्रथम, शान्तिनिकुञ्ज बोर्डिङ स्कुलका कमल शाही द्वितीय र ग्लोबल कलेजियट उमाविका जीवन विक तृतीय भए। छात्रातर्फ टप्स उमाविका विमला चौधरी प्रथम, फिस्टेल एकेडेमीका रक्षा श्रेष्ठ द्वितीय र बेसलाइन एकेडेमीका श्रीया गुरुङ तृतीय भए।
१००ह४ रिले दौडमा छात्रतर्फ सोसल पब्लिक स्कुल प्रथम, सृजना उमावि द्वितीय र बालोदय उमावि तृतीय तथा छात्रातर्फ टप्स उमावि प्रथम, फिस्टेल एकेडेमी द्वितीय र बेसलाइन एकेडेमी तृतीय भएका छन्। स्पोर्ट्मिटको उद्घाटनमा टप्सले स्वर्ण जितेको थियो भने समापनमा स्वर्ण सोसल पब्लिक स्कुलले जितेको छ।
बेस्ट क्याटागोरीतर्फ जुनियर फुटबलमा स्नो भ्यू बोर्डिङ स्कुलका उत्तम गुरुङ, सिनियरमा सोसल पब्लिक स्कुलका किसन दुरा, टेबुलटेनिसमा न्याश्नल इन्भेन्टिभ बोर्डिङ स्कुलका विवेक भुजेल, भलिबलम छात्रतर्फ हिलपोइण्ट हाइस्कुलका विकास श्रेष्ठ, छात्रातर्फ टप्स उमाविका विमला चौधरी, एथलेटिक्समा छात्रतर्फ दुई स्वर्ण जितेका टप्स उमाविका अभिजित परियार छात्रातर्फ सर्वाधिक चार स्वर्ण जितेकी टप्स उमाविकै शशी चौधरी बेस्ट प्लयेर घोषित भएको प्याब्सन कास्कीका सहसचिव राजु अधिकारीले जानकारी दिए।
विजेता खेलाडीलाई कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, पश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयका निमित्त निर्देशक हेमनारायण चापागाई, जिल्ला शिक्षा अधिकारी अम्बिकाप्रसाद आचार्य, राष्ट्रिय खेलकुद परिषद् विद्यालय विभाग प्रमुख प्रकाश घिमिरे, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष दीपक कोइराला, कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन देवकोटा, कार्यालय प्रमुख प्रकाश बराल, प्याब्सनका केन्द्रीय सदस्य माधवशरण उपाध्याय, प्याब्सन कास्कीका प्रमुख सल्लाहकार निदेशप्रसाद कोइराला, सल्लाहकार डोलराज पाण्डे, शेरबहादुर गुरुङ, रत्नमान गुरुङ, बाबुराम पन्त, प्याब्सन स्पोर्टस् मिट–२०७१ मुख्य संयोजक एवं प्याब्सन कास्कीका अध्यक्ष चिनु रानाभाट, संयोजक कर्णबहादुर गुरुङ, भलिबल संयोजक विश्वराज बास्तोला, फुटबल संयोजक जगत थापा, टेबुलटेनिस संयोजक शेरबहादुर क्षत्री, एथलेटिक्स संयोजक राम गुरुङ, कास्की जिल्ला टेबुलटेनिस सङ्घका अध्यक्ष उत्तम जोशी फुटबल सङ्घका अध्यक्ष धरमबहादुर लामिछाने, लगायतले पुरस्कार वितरण गरेका थिए।
प्याब्सन कास्कीका अध्यक्ष चिनु रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष दिनेश श्रेष्ठले व्यक्त गरेका थिए भने सञ्चालन सचिव षडानन्द गौतमले गरेका थिए। १३ दिनसम्म सञ्चालन भएको स्पोर्टस् मिटमा प्याब्सन कास्कीसँग आवद्ध एक सयमध्ये ९१ वटा विद्यालयको सहभागिता रहेको थियो।

Comment