तेक्वान्दो टोली देहरादुन प्रस्थान

deharadun taekwondo team
चौथो अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन १९ खेलाडीसहित २५ सदस्यीय नेपाली टोली बुधबार भारतको देहरादुन प्रस्थान गरेको छ ।
सिनियर पुरुषको ५४ केजीमुनि चन्द्र राना मगर, ५८ केजीमुनि पूर्णबहादुर तामाङ, ६३ केजीमुनि हीरामान चौधरी, ७४ केजीमुनि भीमबहादुर खड्का, ७६ केजीमुनि कल्याण कुँवर, ८० केजीमाथि विष्णुबहादुर घर्ती, ८४ केजीमुनि लक्ष्मण महर्जन तथा ८० केजीमुनि मोतीलाल लामाले प्रतिस्पर्धा गर्नेछन् ।
जुनियरतर्फ पुरुषको ५५ केजीमुनि विजय थापा मगर, ६८ केजीमुनि विजय रुम्बा, ४६ केजीमुनि मिलन घले, ४२ केजीमुनि नवराज बस्नेत, ६३ केजीमुनि रोशन मिया तथा ५९ केजीमुनि निरज देउवाले भाग लिने छन् । त्यस्तै महिलाको ४२ केजीमुनि रन्जु तामाङ, ४४ केजीमुनि एन्जिला योञ्जन, ४६ केजीमुनि सुस्मिता थापा मगर, ४८ केजीमुनि मुना घले तथा ५५ केजीमुनि बन्दना तामाङले खेल्नेछन् ।
सिनियरको प्रशिक्षकमा कविराज खड्गी र टोनिल कर्माचार्य, जुनियरको प्रशिक्षकमा विजय शाह तथा व्यवस्थापकमा लालबहादुर बराम रहेका छन् । ईश्वरमान वज्राचार्य र रविन्द्र मल्लले निर्णायकको भूमिका निर्वाह गर्नेछन् ।
टोलीलाई नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङ, तेक्वान्दो प्रमुख प्रशिक्षक ध्रुव गुरुङलगायतले त्रिपुरेश्वरस्थित राष्ट्रिय तेक्वान्दो प्रशिक्षण केन्द्रमा बिदाइ गरे । डिसेम्बर १९ देखि २१ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा ८ राष्ट्रको सहभागिता निश्चित भइसकेको बताइएको छ ।

Comment