दुई जुम्ल्याहा दिदीबहिनीको जोडी भिड्ने

jayakar2
जुम्ल्याहा दिदी क्याथ्रिन र बहिनी एनी माथेमा तथा अर्का जुम्ल्याहा दिदी मायांका र माहिका राणाको जोडी१३ औं जयकर स्मृति राष्ट्रिय जुनियर खुला लनटेनिस प्रतियोगिताको गल्र्स डबल्समा बुधबार फाइनलमा प्रवेश गरेका छन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा माथेमा जोडीले लक्ष्मी विश्वकर्मा र सपना राईको जोडीलाई ६–० र ६–० तथा राणा जोडीले इरा राउत र अभिलाषा विष्टको जोडीलाई ६–४ र ६–३ को सोझो सेटमा पराजित गर्दै फाइनल भेट पक्का गरे ।
सोही स्पर्धाको ब्वाइजमा संरक्षकभूषण वज्राचार्य र सक्षम कार्कीको जोडीले प्रनव खनाल र रेन्जन लामालाई ५–७, ६–१ र १२–१० तथा प्रशान्त बस्नेत र दिपेश खत्रीको जोडीले सम्यकभूषण वज्राचार्य र विवेक श्रेष्ठको जोडीलाई ६–४ र ७–६ ले हराउदै फाइनलमा स्थान पक्का गरे ।
यु–९ गल्र्स सिंगल्समा रायना शाहले इशाश्री शाहलाई ८–२ तथा अजा रेग्मीले लुमु छो शेर्पालाई ८–४ ले पाखा लगाउदै उपाधि भिडन्त पक्का गरे ।
मन–जयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको यु–१२ गल्र्स सिंगल्समा अभिलाषा विष्टले सइशा जोशीलाई ६–१ र ६–२ ले निराश पार्दै फाइनलमा प्रवेश गरिन् ।
यु–१४ ब्वाइज सिंगल्समा प्रशान्त बस्नेतले प्रनव खनाललाई ४–६, ६–४ र ६–१, रेन्जन लामाले सौरभ पाण्डेलाई ६–१ र ६–१, दीपेश खत्रीले आर्जन ढुंगेललाई ६–१ र ६–२ तथा संरक्षकभूषण वज्राचार्यले अरुण धिताललाई ६–० र ६–० को सेटमा पाखा लगाउदै सेमिफाइनलमा पुगे ।
सोही स्पर्धाको गल्र्समा राधा भुजेलले स्लेशा प्रधानलाई ६–१ र ६–१, खुशी पाण्डेले लक्ष्मी विश्वकर्मालाई ६–१ र ६–०, क्याथ्रिन माथेमाले स्वस्तिका गुरुङलाई ६–१ र ६–० तथा एशिका अग्रवालले ध्रुव शेर्पालाई ६–२ र ६–२ को सीधा सेटमा पन्छ्याउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।
यु–१० ब्वाइज सिंगल्समा आदित सुवेदी, अकी जुवेन राउत, आदित्य सुवेदी र आर्यन गिरी सेमिफाइनलमा पुगेका छन् । त्यसै स्पर्धाको गल्र्समा सलोनी तामाङ, मानवी शाह, इशाश्री शाह र रायना शाह सेमिफाइनलमा पुगे ।
यु–१२ ब्वाइज सिंगल्समा सम्यकभूषण वज्राचार्य, प्रमोद बुढाथोकी, छविलाल राउत र सुलभ धिताल प्रतिद्वन्द्वी विरुद्ध जित निकाल्दै सेमिफाइनलमा पुगे । यु–९ ब्वाइज सिंगल्समा रनव सिंह, आरवसम्राट हाडा, आदित्य सुवेदी र अकी जुवेन राउतले सेमिफाइनल यात्रा तय गरे ।

Comment