भारत,श्रीलंक र बंगालादेशको टिम नेपालमा

india volley ball team1

प्रथम दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसीपमा सहभागिता जनाउन मित्र राष्ट्र भारत,श्रीलंक र बंगलादेशको टोली बुधवार नेपाल आएका छन् । पाहुना टिमलार्ई नेपाल भलिबल संघका उपाध्यक्षद्घय मनोरंजन शर्मा र यमबहादुर गुरुङ, कोषाध्यक्ष निरोज मास्केलगायतले अन्तर्राष्ट्रिय एर्यरपोर्टमा स्वागत गरेका थिए । माल्दिभ्सको टिम मंगलवारनै नेपाल आई सकेको छ । प्रतियोगिता शुत्रवार देखि शुरु हुदै छ । प्रतियोगिताको प्राबिधिक तयारीका लागि बिहिवार रेफ्रि क्लिनिक हुने छ । क्लिनिकमा नेपालका राष्ट्रिय रेफ्रि १६ जना अन्तर्राष्ट्रिय ३ रहने छन भने माल्दिभ्स र श्रीलंकका एक–एक जना रेफ्रि  रहेका छन् ।

Comment