नवौं विटी कप सेभेन–ए–साइड फुटबल सुरु

पोखरा
बुद्धटोल युवा क्लब पोखरा पुरानो टुँडिखेलको आयोजनामा बुधबारदेखि पुरानो टुँडिखेल मैदानमा नवौं विटी कप सेभेन–ए–साइड फुटबल प्रतियोगिता सुरु भयो । प्रतियोगितामा ३५ टीमको सहभागिता रहेको छ। उद्घाटन खेल मारानाथा चर्च र आयोजक विटी गाइज सीबीच हुनेछ। दुई खेल मात्र हुने बुधबार दोस्रो खेल फेदी एफसी र मिरुवा एफसीबीच हुनेछ।
प्रतियोगितामा विजेता टीमलाई नगद ७५ हजार पाँच सय ५५ तथा उपविजेता टीमलाई नगद ४५ हजार पाँच सय ५५, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका सहसचिव एवं खेल संयोजक प्रदीपकुमार राई ‘दाह्रासिंह’ ले जानकारी दिए।
पुस १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा चार लाख खर्च लाग्ने अनुमान गरिएको छ।

Comment