पौडी टोली जापान जाने

swimminge
दसौं एसियाली पौडी प्रतियोगितामा सहभागी हुन ३ महिला खेलाडीसहित ६ सदस्यीय नेपाली टोली मंगलबार जापानको टोकियो प्रस्थान गर्ने भएको छ ।नोभेम्बर १७ देखि २२ तारिखसम्म हुने प्रतियोगितामा टीसा शाक्यले ५० मिटर बटरफ्लाइ तथा ५० र १ सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछिन् । अक्शरा सिंहले ५० र १ सय मिटर ब्रेस्टस्ट्रोकमा खेल्नेछिन् । त्यस्तै आयुश्मा तुलाधरले ५० मिटर ब्रेस्टस्ट्रोक, ५० मिटर बटरफ्लाइ र ५० मिटर फ्रिस्टायलमा भाग लिने छिन् । खेलाडीत्रय लिङ्कन स्कुलमा अध्ययनरत छन् । टीसाबाहेक बाँकी दुई खेलाडीको यो ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ ।
टोली नेतामा नेपाल पौडी संघका उपाध्यक्ष महेश महर्जन, व्यवस्थापकमा पौडी संघका सदस्य सागर शाक्य तथा अफिसियलमा शान्ति स्थापित रहेका छन् ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट र पौडी संघका अध्यक्ष अशोक वज्राचार्यले सोमबार सातदोबाटोमा बिदाइ गरे ।

Comment