प्रथम दक्षिण एसियाली आमन्त्रण महिला भलिबलको तयारी पुरा

volleyball

काठमाडौंमा ४ देखि ८ पुससम्म  आयोजना हुने प्रथम दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसीप प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । राष्ट्रिय खेलकुद परिसदको बिशेष सहयोगमा नेपाल भलिबल संघको आयोजनामा हुने लागेको प्रतियोगिताको अन्तिम तयारी पुरा भएको संघले मंगलबार पत्रकार सम्मेलन गरि जानकारी दिएको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिसद (राखेप)को कबर्डहलमा ४ दिनसम्म संचालन हुने प्रतियोगितामा आयोजक नेपालसहित, भारत, श्रीलंका, माल्दिभ्स र बंगलादेश गरि ५ टिमको सहभागिता रहेको छ । प्रतियोगिता राउण्ड रोबिनका आधारमा हुनेछ । प्रतियोगिताका लागी १६ जना रेफ्री रहेको आयोजक भलिबल संघले जनाएको छ ।
प्रतियोगिताको विजेता टोलीले दुई हजार अमेरिकी डलर, दोस्रो हुनेले एक हजार डलर र तेस्रो हुनेले पाँच सय डलर पुरस्कार प्राप्त गर्नेछन ्। यसैगरी प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ प्राप्त गर्ने संघले जनाएको छ । कुल ३७ लाख ६२ हजार रुपैयाँ लगानीमा सञ्चालन हुने प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद्ले २० लाख रुपैयाँ सहयोग गरेको छ भने अन्य खर्च आयोजक नेपाल भलिबल संघ आफैले जुटाएको हो । पत्रकार सम्मेलनमा सामाखुसी बोडिङ स्कुल(सेब)का संस्थापक प्रिन्सिपल युवाराज थापाले खेलाडीले घुडामा लगाउने नि कप्तान बिनिता बुढाथोकीलाई हस्तान्तरण गरेका थिए ।
प्रतियोगितामा भाग लिने देशहरुमा माल्दिभ्स मंगलबार नै नेपाल आइसकेको छ भने अन्य टिम बुधबार औउने समेत आयोजक संघले जानकारी दिएको छ । त्यस्तै कार्यक्रममा नेपाली महिला टिमले प्रतियोगितामा लगाउने जर्र्शी समेत प्रदर्शन गरिएको थियो । कार्यक्रममा नेपाली टिमले लगाउने जर्र्शी राष्ट्रिय खेलकुद परिसदका सदस्यसचिव युवराज लामाले नेपाली टिमका कप्तान बिनिता बुढाथोकी र उपकप्तान मन्जु गुरुङलाई हस्तान्तरण गरेका थिए ।
सो अवसरमा नेपाली महिला खेलाडीहरुलाई राम्रो प्रदर्शन गर्न शुभकामना दिदै प्रमुख अथिति लामाले नेपाल भलिबल संघले दक्षिण एसियामा मै पहिलो आयोजना गर्दै राम्रो काम गरेको बताउदै संघलाई  धन्यवाद दिए ।

Comment