जयकर स्मृति राष्ट्रियजुनियरखुला टेनिस सुरु

jayaker tennis
गिरिश श्रेष्ठ र प्रमोद बुढाथोकीले १३ औं जयकर स्मृति राष्ट्रियजुनियर खुलालनटेनिस प्रतियोगिताको यु–१२ ब्वाइज सिंगल्समा मंगलबार विजयी सुरुआत गरेकाछन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमागिरिशले बासु श्रेष्ठलाई ६–१, ५–७ र ६–४ तथा प्रमोदले आर्यन गिरीलाई ४–६, ६–३ र ७–५ को सेटमा पराजित गरे ।
सोही स्पर्धाको अन्य खेलमा सोहनखड्काले सहर्ष पराजुलीलाई ६–० र ६–०, छविलाल राउतले आदित्य सुवेदीलाई ६–१ र ६–१, विनयबटासले राहुल सिंहलाई ७–५ र ७–५तथाविस्तृत गुरुङले सरवार्थ प्रधानलाई ६–१ र ६–२ को सोझो सेटमा हराए ।यु–१२ गल्र्स सिंगल्समा सइसाजोशीले मानवीशाहलाई ६–१ र ६–१ को सीधा सेटमापाखालगाइन् ।
यु–१०गल्र्स सिंगल्समाअजा रेग्मीले लाम्बु लामालाई ८–०, विनिताथापाले नाछोटी शेर्पालाई ८–१ र छामी शेर्पाले राधासीपाण्डेलाई ८–० ले पन्छाए । कामप्रिता शेर्पाले एलेक्जिया पाण्डेबाट वाकओभर पाइन् ।
त्यसै स्पर्धाको ब्वाइजमा साम्पुकहाङ राईले सरवार्थ प्रधानलाई ८–१, रनव सिंहले आरभ सम्राट हाडालाई ८–२, रेजन श्रेष्ठले सहर्ष पराजुलीलाई ८–३ तथा मार्विन थापाले तनुज जंग कुँवरलाई ८–६ ले निराश पारे ।
यु–९ गल्र्स सिंगल्समा रायना शाहले सुभाङ्गी लक्ष्मी शाहलाई ८–० र इशाश्री शाहले राधासी पाण्डेलाई ८–० ले नै पराजित गरे । अजा रेग्मीले एलेक्जिया पाण्डे र लाम्बु लामाले समृद्धि श्रेष्ठबाट वाकओभर पाए ।
अखिल नेपाल लनटेनिस संघको सहयोगमा मन–जयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको यु–९ ब्वाइज सिंगल्समा रेजन श्रेष्ठले साम्पुकहाङ राईलाई ८–६ र राजवीर प्रधानले प्रसिद्ध महर्जनलाई ८–३ ले पाखा लगाए । केसाङहाङ राईले ओजन राई तथा श्रीयोग अधिकारीले डेनियल श्रेष्ठबाट वाकओभर प्राप्त गरे ।
गल्र्स डबल्समा अभिलाषाविष्ट र इरा राउत, जुम्ल्याहा दिदीबहिनी क्याथ्रिन र एनीमाथेमा तथा लक्ष्मी विश्वकर्मा र सपना राईको जोडीले जित हात पारे । ब्वाइज डबल्समा संरक्षण भूषणवज्राचार्य र सक्षम कार्कीको जोडी विजयी भए ।
शनिबारसम्म चल्ने प्रतियोगतामा ७२ ब्वाइज र ५० गल्र्स गरी जम्मा १ सय १२ खेलाडीले १२ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् । नेपाली जुनियर टेनिसकै सर्वाधिक पुरस्कार राशीको यो प्रतियोगितामाकुल पुरस्कार राशी २ लाख ५० हजार रुपैयाँ रहेको छ । प्रतियोगिताको दिवंगत जयकरका जुम्ल्याहा बहिनी माहिका राणा र मायंका राणाले उद्घाटन गरे ।

Comment