पश्चिमाञ्चल सेमिफाइलनमा

handball armyपश्चिमाचल (हिमालयन क्लब) पोखरामा जारी पश्चिम पृतना दोश्रो खुला राष्टिय ह्याण्डबल रनिङ्ग शिल्ड प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेकोछ । मंगलबार सम्पन्न भएको प्रतियोगिताको दुई खेल आफ्नो पक्षमा पार्दै पश्चिमाञ्चल सेमिमा प्रवेश गरेको हो । पश्चिमाञ्चलले आयोजक नेपाली सेनाको निलो टोलीलाई २० गोलको अन्तरले हराउन सफल भयो । सेनाले प्रतियोगितामा १८ गोल गरेको थियो । पश्चिमाञ्चलको लागि वासु गुरुङ्गले सर्वाधिक १२ गोल गरे । सेनाका लागि दिपेन्द्र राईले ९ र राजु पंतले ६ गोल गरे ।  यस्तै आफ्नो दोश्रो खेलमा पश्चिमाञ्चलले मध्यमाञ्चलको टोलीमाथी भारी अन्तरको विजय पायो । उसले बासु गुरुङ्गको ८ र दिनेश श्रेष्ठको ६ गोलको मद्धतले मध्यमाञ्चललाई ४२—५ गोल अन्तरले पराजित गर्न सफल भयो ।
चार दिने  प्रतियोगिताको दोश्रो खेलमा सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लबले पूर्वाञ्चलको उदयपुर माथी ३६—१४ गोलको जित निकाल्यो । एपिएफका मनोज ठगुन्ना र राम तिमल्सिनाले क्रमशः ९ र ८ गोल गरे  । पूर्वाञ्चलका चन्द्र के.सी.ले १० गोल गरे ।
पश्चिम पृतनाको विजयपुरस्थित आफ्नै मैदानमा भएको प्रतियोगितामा पूर्वाञ्चल, मध्यमाञ्चल, पश्चिमाञ्चल, सशस्त्र प्रहरीको एपिएफ क्लब र सेनाको दुई टिम गरि ६ टिमको सहभागिता रहेकोछ ।
सेना र गैर सैनिकहरुको विच सुमधुर सम्वन्ध स्थापना गर्दै ह्याण्डबलको विकास गर्ने उद्धेश्यका साथ आयोजना गरिएको प्रतियोगिताको पश्चिम पृतनापति उपरथी पदम विलास कार्कीले रेफ्रि श्यामराज सिंहलाइ वल प्रदान गरेर उद्घाटन गरेका थिए ।
प्रतियोगिताका दौरान सम्पूर्ण रेफ्रिका तर्फबाट बरिष्ठ रेफ्रि विकास खनाल र खेलाडीहरुको तर्फबाट खेलाडी अमरलाल श्रेष्ठले सफथ खाएका थिए ।
प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय हुने टिमले नगद ६० हजार, ३० हजार र १५ हजार र ट्र«फी प्राप्त गर्नेछन् भने सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार सहित प्रमाण पत्र प्राप्त गर्नेछन् ।

Comment