मेरो लक्ष्य ओलम्पिक खेलाउने

दिनेस श्रेष्ठ तेक्वान्दोका अन्तराष्ट्रिय रेफ्रि तथा प्रशिक्षक । फ्रेन्डसिप तेक्वान्दो प्रतियोगिता सञ्चालन गर्न मंगलबार लन्डन प्रस्थान गरेका श्रेष्ठसंगको कुराकानीको सार संक्षेप

नेपालमा तेक्वान्दोको अबस्था कस्तो छ ?
विगतको भन्दा खस्कदो छ ।
कारण के हुन सक्छ ?
अन्य देशका विकास हुदै जानु पहिलो कारण हो । देशको सामाजीक र राजनितीक अबस्था अस्थिर रहेन । यसको असर सबै क्षेत्रमा पर्ने नै भयो । हाम्रो खेलमा पनि यसको असर पर्यो । साथमा विगतमा हाम्रो खेलले दिलाएको सफलतालाई ध्यानमा राख्दै राज्यले भिन्न निती बनाउन सक्नु पथ्र्यो , त्यो भएन । यस कारण दक्षिण एसियाली तेक्वान्दोमा नेपालको दवदवा लामो समय कायम रहन सकेन ।
तेक्वान्दोमा लाग्नु भएको कत्ति बर्ष भयो ?
तेक्वान्दोमा लागेको २६ बर्ष भएछ ।
तेक्वान्दो जिवनमा यादगार दिनहरुका बारे बताउनुसन ।
२०५२ तीर म एकदमै पिक फर्ममा थिए । ती दिनहरु मलाई याद आउछ । तर, पढाइलाई निरन्तरता दिन खोज्दा थुप्रै महत्वपूर्ण प्रतियोगिता गुमाए । ती दिनहरु साच्चै रमाइला थिए ।
मास्टर इन््रस्टक्टर र इन्टरनेसनल रेफ्रिको भुमिका मध्य कुनमा बढी खुसी हुनु हुन्छ ?
रेफ्रिमै बढी इन्ज्वाइ गरेको छु । कोरियामा सम्पन्न हाइस्कुल स्तरीय प्रतियोगिता अझै याद आउछ । साच्चै स्तरीय थियो । हाइस्कुल प्रतियोगिता नै भए पनि त्यहाको स्तरीयता हेर्दा कोरियाली तेक्वान्दोको स्तर सहजै अनुमान गर्न सकन्थ्यो ।  प्रशिक्षक कोर्षको रुपमा कोरियामा रहदा गरेको खेरोगी स्कीलको प्रशिक्षण गर्दा इन्ज्वाइ गरे । यस क्रममा म आफैले पनि खेले ।
आगामी दिनको लक्ष्य के हो?dinesh photo
मेरो लक्ष्य ओलम्पिक खेल खेलाउने नै हो । मलाई आशा छ, मैले त्यो अबसर पाउने छु ।

Comment