मुख्य प्रशिक्षक गुरुङद्वारा प्रशिक्षकसंग भेटघाट

dhurba gurung 2
तेक्वान्दो मुख्य प्रशिक्षक ध्रुव गुरुङले उपत्यकाका तेक्वान्दो प्रशिक्षकसंग मंगलबार भेटघाट गरेकाछन् । काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न तहका तेक्वान्दो प्रशिक्षकसंग गुरुङले सातदोबाटोस्थित नेपाल खेलकुद विज्ञान प्रतिष्ठानमा भेट गरेका हुन् ।
सो अवसरमा मुख्य प्रशिक्षक गुरुङले आफू तेक्वान्दोलाई कसरी अझविकास गर्न सकिन्छ भन्नेमा लागि परेको बताउदै त्यसमा सबैको साथ र सहयोग आवश्यक रहेको बताए । उनले केहि कुरामा चित्तबुझे आफूसंग सीधै आएर कुरा गर्न आग्रह गर्दै हल्लाका पछि नलाग्न आग्रह गरे ।
नेपाल तेक्वान्दो संघका महासचिव एवं पूर्व मुख्य प्रशिक्षक दीपराज गुरुङले नवनियुक्त मुख्य प्रशिक्षकलाई बधाइदिदै समग्रमा तेक्वान्दोको हितलाई ध्यानमा राखि अगाडि बढ्नु पर्ने बताए । उनले तेक्वान्दोलाई हित हुने राम्रा कामलाई प्रोत्साहित र नराम्रा कामलाई निरुत्साहित गर्नुपर्ने धारणा राखे ।

Comment