नेपाललाई कास्य पदक

shuvam
मित्र राष्ट्र श्रीलङकामा सम्पन्न दक्षिण एशियाली अक्वेटिक च्याम्पियनसिप– २०१६ मा नेपाली पौडी टोलीले १८ बर्ष माथिको रिलेमा कास्य पदक प्राप्त गर्न सफल भएको छ । पुरुष १०० मिटर गुणा ४ फ्रिस्टायल रिलेमा नितेश मानन्धर, देवेश मानन्धर, अनुभव सुब्बा र सुभम श्रेष्ठको टोलीले ४ मिनट १०.०३ सेकेन्ड समयका साथ कास्य पदक प्राप्त गर्न सफल भएको नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जनाएका छन् ।
यस्तै सुभम श्रेष्ठले सोही प्रतियोगिताको २०० मिटर ब्रेष्ट स्ट्रोकमा २ मिनट ४२.६२ सेकेन्ड समयका साथ राष्ट्रिय किर्तिमान समेत कायम गरेको नेपाली टिम प्रशिक्षक ओङ्गदेन लामाले जनाएका छन् । यस अघि यो विधामा शिरिष गुरुङ्गको नाममा २ मिनट ४२.७२ सेकेन्डको किर्तिमान थियो ।

Comment