जयकर स्मृति टेनिस मंगलबारदेखि

नेपाली जुनियर टेनिसको सर्वाधिक पुरस्कार राशीको जयकर स्मृति राष्ट्रिय जुनियर खुला लनटेनिस प्रतियोगिताको १३ औं संस्करण मंगलबारदेखि हुने भएको छ ।
अखिल नेपाल लनटेनिस संघको प्राविधिक सहयोग तथा मन–जयकर टेनिस एकेडेमीको आयोजनामाहुने प्रतियोगितामा १० सिंगल्स र २ डबल्स गरी जम्मा १२ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।
ब्वाइज÷गल्र्सतर्फ यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ उमेर समूह अन्तर्गत सिंगल्स खेल हुने आयोजक समितिका सदस्य एवं टेनिस प्रशिक्षक सूर्य भूषण वज्राचार्यले जनाएका छन् । त्यस्तै यु–१६ उमेर समूहमा ब्वाइज र गल्र्सको डबल्समा पनि प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको कुल पुरस्कार राशी २ लाख ५० हजार रुपैयाँ रहेको छ । शनिबार सम्म चल्ने प्रतियोगिताका खेलहरु सातदोबाटोस्थित टेनिस कोर्टमा हुनेछ ।

Comment