टिकाराम र दुर्गाको अग्रता

shooting1
राष्ट्रिय खुला सुटिङ प्रतियोगिताको महिला १० मिटर एयर राइफलमा नेपाल प्रहरीकी दुर्गा सिन्जालीले सोमबार अग्रता हासिल गरेकी छन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको सुटिङ रेन्जमा भएको प्रतियोगितामा कूल ४ सय अंकमा दुर्गाले ३ सय ८० अंक जोडिन् । प्रहरीका अस्मिता राई ३ सय ७९ अंकमा दोश्रो तथा फुलमाया क्याप्छाकी ३ सय ७७ अंकमा तेश्रो स्थानमा छन् ।
नेपाल सुटिङ संघद्वारा आयोजित प्रतियोगिताको पुरुष १० मिटर एयर राइफलमा सुनसरीका टीकाराम श्रेष्ठ शीर्ष स्थानमा छन् । टीकाले ५ सय ४५ अंक जोडेका छन् ।
प्रहरीका हरिबहादुर थापा ५ सय ४४ अंकसाथ दोश्रो तथा सप्तरीका अमिस यादव ५ सय ४१ अंकसाथ तेश्रो स्थानमा रहेका छन् । पुरुषको प्रतिस्पर्धा ६ सय पूर्णाङ्कमा भएको थियो ।

Comment