वेनोज स्मृति बास्केटबल मंगलबारदेखि

अखिल नेपाल राष्ट्रिय सर््  युनियन (क्रान्तिकारी), काठमाडौं जिल्ला समितिको आयोजनामा छैटौं वेनोज स्मृतिअन्तरकलेज (प्लस २) बास्केटबल प्रतियोगिता मंगलबारदेखि सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को ओलम्पियन सेमीकभर्डहलमा छात्रतर्फ मात्र प्रतिस्पर्धा हुने प्रतियोगितामा ६० टिमको सहभागिता रहने आयोजकका अध्यक्ष निर्मल तामाङले जनाएका छन् ।
पहिलो हुनेले ५५ हजार ५ सय ५५, दोश्रोले ३३ हजार ३ सय ३३ र तेश्रो हुनेले ११ हजार १ सय ११ रुपैयाँनगद पुरस्कार प्राप्तगर्नेछन् । आयोजकका सचिव समिर पाण्डेका अनुसार पुस १५ गतेसम्मचल्ने प्रतियोगिता सञ्चालनगर्न करिब ७ लाखखर्च हुनेछ ।

Comment