दक्षिण एसियाली मार्सल आर्टमा नेपाल आइटिएफको प्रभाव

itf win1

नेपालका लीलाधर बस्नेत र रमेश श्रेष्ठले प्रथम दक्षिण एसियाली मार्सल आर्ट महोत्सव अन्तर्गत तेक्वान्दो (आईटीएफ) मा स्वर्ण जितेका छन् । दुवैले बंगलादेशका खेलाडीलाई पराजित गरे ।
सिनियर पुरुषको ६५–७० केजीमा लीलाधरले मोहम्मद जाकिर हुसैन तथा ५६–६० केजीमा रमेशले मोहम्मद रहमाद लाई हराएका थिए ।
सिनियर पुरुषकै ९० केजीमाथि बंगलादेशका मोहम्मद अबुरुद रसिडले स्वर्ण जिते भने ७१–७५ केजीमा नेपालका भीम बहादुर तामाङ पहिलो भए ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको सिनियर महिलाको ४५–५० केजीमा सजना तामाङ, ५६–६० केजीमा बसन्ती बुढा मगर, ५१–५५ केजीमा मुना भोमजनतथा ४०–४५ केजीमा रन्जु पुलामी मगरले नेपाललाई स्वर्ण दिलाए ।
नेपाल राष्ट्रिय मार्सल आर्ट गेम्स महासंघद्वारा आयोजित महोत्सवअन्तर्गत तेक्वान्दो (आईटीएफ) मै जुनियर पुरुषको २०–२५ केजीमा कैलाश श्रेष्ठ, २५–३० केजीमा सार्थक बस्नेत, ३०–३५ केजीमा सुनील लामा, ३५–४० केजीमा मिङमा तेन्जिङ शेर्पा तथा ४५–५० केजीमा प्रज्ज्वल गड्तौलाले नेपालका लागि थप स्वर्ण हात पारे ।
जुनियर महिलाको २१–२५ केजीमा सब्यता केसी, २६–३० केजीमा राधिका भण्डारी, ३०–३५ केजीमा अरुणा अधिकारी तथा ३५–४० केजीमा निस्मा बस्याल पहिलो भए । पहिलो हुने चारै नेपालका हुन् ।

Comment