गुर्खा ब्वाईज फुटसल च्याम्पियन

futsal durga
वाङ्गेल टेण्डी स्मृती फुटसल प्रतियोगितामा गुर्खा ब्वाईज शनिवार च्याम्पियन बनेको छ ।
बेलुकी कृतिम प्रकाशमा भएको दोस्रो संस्करणको फाइनल खेलमा गुर्खा ब्वाईजले हार्दिक एफसीलाई ५–२ गोल अन्तरले हराउदै उपाधि जित्यो । गुर्खा ब्वाईजको जितमा पाचै गोल सबिन केसीले गरे । पहिलो सटिक प्रहार हार्दिक फुटसलका तर्फबाट क्षितिज गुरुङले १ मिनेटमा गरेका थिए तर उनको प्रहारलाई गुर्खा ब्वाईजका गोलरक्षक सुमित आलेले आर्कषक बचाउ गरेका थिए । गुर्खाका कप्तान सुरज राउतले ३ मिनेटमा गरेको प्रहारलाई पनि हार्दिकका गोलरक्षक सम्यकरत्न बज्राचार्यले बचाए । पहिलो हाफको अन्तिम ९ मिनेटमा गुर्खा ब्वाईजका कप्तान सुरजले दिएको सुन्दर पासलाई सबिनले गोलमा परिणत गरे । लगतै ९ मिनेटको अन्तिम समयमा कप्तानकै पासमा पूनः सबिनले दोश्रो गोल गरे । पहिलो १० मिनेटको हाफ टाइममा गुर्खा ब्वाईजले हार्दिकलाई २–० गोलमा रोक्यो । त्यस्तै दोश्रँे हाफमा कप्तान सुरजकै उत्कृष्ट पासलाई सदुपयोग गदै सबिनले ११ औ, १२ औ र १७औं मिनेटमा गोल गरेर ब्यक्तिगत ५ गोल पु¥याएका थिए । हार्दिककातर्फवाट खेलको १३ औं मिनेटमा संसार गुरुङले गोल गर्दा दोश्रो गोल १८ औं मिनेटमा क्षितिज गुरुङले गरेका थिए ।
महाराजगंज स्थित ढुकु फुटसल हवमा भएको प्रतियोगितामा उत्कृष्ट खेलाडी तथा बेष्ट किपरको उपाधि भने उपविजेता टिम हार्दिकका क्षितिज गुरुङ र सम्यकरत्न बज्राचार्यले जिते । विजेता टिमलाई राखेप पुर्व कोषाध्यक्ष समाज सेवी जिएनदाई शार्मा,आयोजक टेण्डी वाङ्देल फाउण्डेशनका अध्यक्ष क्षितिज शेरचनलगायतले पुरस्कृत गरे । प्रतियोगिताको बिजेता टिम गुर्खा ब्वाईजले १ लाख १० हजार नगद प्राप्त ग¥यो भने उपविजेता हार्दिकले ५५ हजार नगद हात पा¥यो ।  प्रतियोगिताका उत्कृष्ट खेलाडी क्षितिज तथा गोलकिपर सम्यक ५–५ हजार नगदबाट पुरस्कृत भए । सेव ड्राइभ लङ लाइफभन्ने उद्देश्यका साथ टेण्डी वाङ्देल फाउण्डेशनले आयोजना गरेकोे प्रतियोगितामा २४ वटा टिमको सहभागिता रहको थियो ।

Comment