विमला सम्मानित

bimala tara1
दक्षिण कोरियाको इन्चोनमा भएको १७ औं एसियाली खेलकुदमा नेपाललाई एक्लो पदक दिलाएकी विमला तामाङलाई प्यारागन स्कुलले सम्मान गर्यो । शनीबार आयोजित रोडरेसको सन्दर्भमा उनलाई स्कुलले  सम्मान गरेको थियो । अनुराधा कोइरालाले विमलालाई २५ हजार नगद सहित प्रशंसापत्र प्रदान गरी सम्मान गरिन् । इन्चोन एसियाड अन्तर्गत करातेको महिला एकल कातामा विमलाले कांस्य जिते पछि नेपाल पदक विहीन हुनबाट जोगिएको थियो ।

Comment