सामरी स्लाम टेनिस सम्पन्न

samari slam
मकवानपुर लन टेनिस संघको संयोजनमा मध्यपृतना हेडक्वार्टरको आयोजनामा सञ्चालीत  सामरी स्लाम टेनिस प्रतियेगिता शुक्रबार सम्पन्न्न भयो । अन्तम दिन भएकोे पुरुष एकलको उपाधि  कमल भण्डारीले सन्तोष खत्रीलाई ६–२,६–१ ले पराजित गरे । यस अघि सम्पन्न भइसकेका फाइनलमा गरी, ५५ बर्ष माथिको भेट्रानमा मनोज राणाले विदुर बिस्टलाई ८–३ले हराएका थिए  ।
३५ बर्ष माथिको उपाधि  कष्ण घलले जितेका थिए  । उनले फाइनलमा  रोहीत सुनुवारलाई  ६–२,६–१ ले पराजित गरेका थिए । महिला प्रदर्शनी खेलमा कृपा शर्मा पहिलो तथा भगवती बिक दोस्रो भएका थिए । ६० हजार रुपिया पुरस्कार रहेको प्रतियोगिताको पुरस्कार प्रायोजन जयकर टेनिस एकेडेमीले गरेको थियो ।

Comment