प्राइम र ह्वाइटहाउसलाई उपाधि

nayana retiredbest player
१२औं प्राइमकप बास्केटबल प्रतियोगिताको पुरुषतर्फ आयोजक प्राइम तथा महिलातर्फ ह्वाइट हाउस च्याम्पियन बनेका छन् । शुक्रबार भएको पुरुष तर्फको फाइनल खेलमा प्राइमले सिसिआरसिलाइ ६२–४८ को स्कोरमा पराजित गरेको हो । पहिलो र तेस्रो क्वाटरमा पछि परेको प्राइमले दोस्रो र चौथो क्वाटरमा भने अग्रता बनाएको थियो । सिसिआरसिले पहिलो क्वाटरमा प्राइम बिरुद्ध १४–१० तथा तेस्रो क्वाटरमा १२–९ को स्कोर बनाएको थियो । प्राइमले भने खेलमा फर्कदै सिसिआरसि बिरुद्ध दोस्रो क्वाटरमा १९–१६ र चौथो क्वाटरमा २४–६ को स्कोर बनाएको थियो । फाइनल खेलमा बिजेता प्राइमका लागि सोनाम लामा र सिसिआरसिका अनिश मगर सर्वाधिक १७ स्कोर बनाएका थिए । त्यस्तै शुक्रबार नै भएको महिला तर्फको फाइनल खेलमा साविक विजेता आयोजक प्राइमलाई ४३–५६ स्कोरले पराजित गर्दै ह्वाइटहाउसले उपाधि जितेको छ । ह्वाइटहाउसले पहिलो, दोस्रो र तेस्रो क्वाटरमा प्राइम बिरुद्ध १६–१२, १८–९, १२–११ स्कोरले अग्रता लिएको थियो भने अन्तिम चौथो क्वाटरमा भने ७–१० को स्कोरले पछि परेको थियो । फाइनल खेलमा ह्वाइटहाउसकी अनुशा मल्लले सर्वाधिक १६ स्कोर बनाएकी थिइन् । प्रतियोगितामा पुरुषतर्फ प्राइमका सोनाम लामा र महिला तर्फ ह्वाइटहाउसकी अनुशा मल्ल उत्कृष्ट खेलाडी घोषित भए ।प्रतियोगिताको बिजेता प्राइम र ह्वाइटहाउसले नगद १०–१० हजार समेत प्राप्त गरे । बिजेता खेलाडीलाई परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डेले पुरुस्कार बितरण गरेका थिए । प्राइमबाट ९ बर्ष देखि खेल्दै आएकी राष्ट्रिय खेलाडी नयना शाक्यले बास्केटबलबाट सन्यास लिएको घोषण गरिन् ।

Comment