जुनियर फुटबलमा सेमिफाइनल समीकरण पूरा

पोखरा
प्याब्सन कास्कीको आयोजना, क्षेत्रीय एवं जिल्ला खेलकुद विकास समितिको व्यवस्थापन तथा कास्की जिल्ला फुटबल सङ्घको सहयोगमा सञ्चालित १४ औं प्याब्सन स्पोर्टस् मिट–२०७१ अन्तर्गत जारी फुटबल प्रतियोगितामा जुनियरतर्फ सेमिफाइनल समीकरण पूरा भएको छ।जसअनुसार पोखरा एकेडेमी, स्नो भ्यू एकेडेमी, हिमाञ्चल बोर्डिङ स्कुल र ढुंगेसाँघु बोर्डिङ स्कुल सेमिफाइनलमा प्रवेश गरेका छन्।
शुक्रबार भएको जुनियरतर्फको पहिलो क्वाटरफाइनल खेलमा ढुंगेसाँघु बोर्डिङ स्कुलले शान्तिदीप बोर्डिङ स्कुललाई १–० ले पराजित ग¥या े। दोस्रो खेलमा पोखरा उकेडेमीले गुरुकुल विद्यासदनलाई २–० ले पाखा लगायो। तेस्रो खेलमा स्नो भ्यू एकेडेमीले पोखरा लर्नर्स स्कुललाई २–० ले पराजित ग¥योे । चौथो खेलमा कुमुदिनी होम्सले वाकओभर दिएपछि हिमाञ्चल बोर्डिङ स्कुल विजयी भयो ।जुनियर लेभलका सेमि तथ फाइनल खेल हेमजामा हुने खेल संयोजक जगत थापाले जानकारी दिए ।
सिनियरतर्फको खेलमा भ्यू पोइन्ट स्कुल, सोसल पब्लिक स्कुल, नोभेल इन्टरनेशनल स्कुल, बेथानी बोर्डिङ स्कुल, नेपालआदर्श आउमावि र न्यू मिलिनियम एकेडेमी विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
शुक्रबार पोखरा रड्डशालामा भएको पहिलो खेलमा भ्यू पोइन्ट स्कुलले स्नो भ्यू एकेडेमीलाई २–०, दोस्रो खेलमा सोस पब्लिक स्कुलले हाइवे गार्डेन स्कुललाई २–१, तेस्रो खेलमा नोभेल इन्टरनेशनल स्कुलले बेसलाइन एकेडेमीलाई ४–१, चौथो खेलमा बेथानी बोर्डिङ स्कुलले फिस्टेल एकेडेमीलाई टाइब्रेकरमा ३–२, पाँचौं खेलमा नेपाल आदर्श आउमाविले हिलपोइण्ट हाइस्कुललाई ३–१ तथा छैटौं खेलमा न्यू मिलिनियम एकेडेमीले लोटस एकेडेमीलाई टाइब्रेकरमा ४–२ ले पराजित गरेका छन्। शनिबार कञ्चनजंघा बोर्डिङ स्कुल र ताराकुञ्जबोर्डिङ स्कुलबीच सातौं तथा शान्तिदीप बोर्डिङ स्कुल र टप्स उमाविबीच आठौं खेल हुनेछ भने शनिबार हुने भनिएका क्वाटरफाइनलका खेल अइतबारलाई सारिएको प्याब्सन कास्कीका सहसचिव राजु अधिकारीले जानकारी दिए । जुनियर फुटबल प्रतियोगितामा ६९ तथा सिनियर फुटबलमा ६८ विद्यालयको सहभागिता रहेको छ ।
यस्तै क्षेत्रीय तथा कास्की जिल्ला भलिबल सङ्घको सहयोगमा जारी भलिबल प्रतियोगिताअन्तर्गत शुक्रबार छात्रतर्फ चार तथा छात्रातर्फ चारखेल सम्पन्न भएका छन्। छात्रतर्फ पहिलो खेलमा टप्स उमाविले पोखरा पब्लिक स्कुललाई २५–१३, २५–१९, दोस्रो खेलमा अल्फा बोर्डिङ स्कुलले विन्ध्येश्वरी बोर्डिङ स्कुललाई २५–११, २५–१५, तेस्रो खेलमा नवदीप बोर्डिङ स्कुलले शान्तिनिकुञ्ज बोर्डिङ स्कुललाई २५–२३, २५–१९ तथा चौथो खेलम हिलपोइण्ट हाइस्कुलले न्यू मिलिनियम एकेडेमीलाई २५–१७ र २५–२० ले पराजित गरेको छ।
छात्रातर्फ पहिलो खेलमा मदरल्याण्ड उमाविले डायमण्ड उमाविलाई २५–१५, २५–२२, दोस्रो खेलमा केफ उमाविले ज्ञानुबाबा आउमाविलाई २५–११, २५–२, तेस्रो खेलमा शिशुनिकेतन बोर्डिङ स्कुलले अल्फा बोर्डिङ स्कुललाई २५–२२, २५–१२ तथा चौथोखेलमा न्यू मिलिनियम एकेडेमीले नीलगिरि बोर्डिङ स्कुललाई २५–१२ र २५–२२ ले पराजित गरेको छ।शनिबार छात्रछात्रातर्फ समान चार खेल हुनेछन्। छात्र भलिबलमा २९ तथा छात्रातर्फ १४ विद्यालयको सहभागिता रहेको छ।
यस्तै एथलेटिक्स सङ्घको सहयोगमा शुक्रबार दुई इभेन्टको फाइनल सम्पन्न भएको छ। जसअनुसार छात्र सटपुटमा सोसल पब्लिक स्कुलका गणेशकाजी गुरुङ प्रथम, भाष्कर मेमोरियल बोर्डिङ स्कुलका प्रयास विक द्वितीय र मेरीगोल्ड बोर्डिङ स्कुलका कविन पुन तृतीय भएका छन्।छात्रा हाइजम्पतर्फ बेसलाइन एकेडेमीका कुसुम रानामगर प्रथम, नीलगिरि बोर्डिङ स्कुलका आयुष्मा गुरुङ द्वितीय तथा रिभरडेल स्कुलका मीना आचार्य तृतीय भएका छन्। सटपुटका विजेतालाई प्याब्सनका केन्द्रीय सदस्य माधवशरण उपाध्याय तथा हइजम्पका विजेतालाई प्याब्सन कास्कीका वरिष्ठ सल्लाहकार ध्रुव केसीले मेडल वितरण गरेका थिए।
शुक्रबार एथलेटिक्सअन्तर्गत छात्रछात्रा एक सय मिटरको सेमिहिट्स तथा छात्रछात्रा चार सय मिटरमा हिट्स चरणका खेल सम्पन्न भएका छन्। यस्तै टेबुलटेनिस प्रतियोगितामा छात्रछात्रा सिड्डल तथा डबल्सका पहिलो चरणका खेल सम्पन्न भएका छन् ।
कुल २६ स्वर्ण, २६ रजत तथा २६ कास्यपदकको लागि एक हप्तासम्म प्रतिस्पर्धा हुने १४ औं प्याब्सन स्पोर्टस् मिट–२०७१ मा प्याब्सन कास्कीसँग आवद्ध एक सयमध्ये ९१ वटा विद्यालयको सहभागिता रहेको छ ।

Comment