स्वीमिङ पुलको उद्घाटनमा शिरीष सम्मानित

sirishe
काठमाण्डौ महानगरपालिका वडा नं ४ धुम्बाराही, हाडीगाउ“स्थित धन्यन्तरी फुटसल प्रा.लि.ले सञ्चालनमा ल्याएको स्वीमिङ पुलको पौडीका अन्तर्राष्ट्रिय खेलाडी शिरीष गुरुङले शनिबार उद्घाटन गरेका छन् ।
फ्रेन्च प्रविधिद्वारा निर्मित अत्याधुनिक स्वीमिङ पुलको उद्घाटनको अवसरमा गुरुङलाई सम्मान पनि गरियो । उनलाई ११ हजार १ सय ११ रुपैया सहित मायाको चिनो धन्यन्तरी फुटसल प्रालिका अध्यक्ष मदन कोइरालाले प्रदान गरे । रियो ओलम्पिकमा सहभागि हुन आइतबार शिरीष गुरुङ ब्राजिल प्रस्थान गर्दैछन् ।
‘राष्ट्रिय प्रतियोगितामा निरन्तर कीर्तिमानसहितको उत्कृष्ट प्रदर्शन र अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि स्तरीय खेलको लागि उहा“लाई सम्मान गरिएको हो,’ अध्यक्ष कोइरालाले भने, हाम्रो सम्मानले अझ राम्रो प्रदर्शन गर्न हौसला मिल्छ भन्ने विश्वास छ । ओलम्पिकमा राम्रो गर्न शुभकमना दिन चाहन्छु ।’
चार बाषर््यता नेपालको सर्बोत्कृष्ट स्वीमरको रुपमा स्थापित गुरुङले भने, ‘यस सम्मानले धेरै खुशी लागेको छ । यसले अझ राम्रो गर्ने हौसला बढाएको छ ।’ उनले थपे, ‘मैले पनि २५ मिटरको स्वीमिङ पुलबाट १३ बर्षअघि पौडन सुरु गरेको थिए । यस्ता क्लब र स्वीमिङ पुल अझै बढ्नुपर्छ । पौडीको विकास हुने र खेलाडी उत्पादन हुने यसैगरी हो ।’
‘पौडी स्वास्थ्यको लागि, खेलाडि राष्ट्रको लागि’ भन्ने मूल नारासहित फुटसल र साउना स्टिमपछि धान्यन्तरीले स्वीमिङ पुल सञ्चालनमा ल्याएको हो । कुल १२ रोपनी क्षेत्रफलमा संचालित यसमा फ्रान्सको प्रख्यात कम्पनी म्यागीलाइनको अत्याधुनिक प्रविधिद्घारा निर्मित् टायलको सट्टा रबरको लाइनर प्रयोग गरिएको नेपालमै पहिलो स्वीमिङ पुल बनाइएको छ । रातको समयमा पनि पौडी खेल्न मिल्ने व्यवस्था गरिएकोले दुर्घटनाको संभावना न्युन हुन्छ ।
घामबाट बच्न सेमि–इन्डोरको रुपमा निर्मित यसमा इन्टरनल फिल्टर प्लान्टबाट पानीमा रहेका फोहरहरु अटोमेटिक फिल्टरको व्यवस्था गरिएको छ, जसले ध्ज्इ स्ट्याण्डर्ड अनुसार पानी सफा राख्नेछ । पुल १५ गुणा २५ रहेको छ, जसमा उमेर समूहको प्रतियोगिता आयोजना गर्न सकिन्छ । बालबालिकाहरुका लागि बेग्लै ‘बेबी पुल’ बनाइएको छ । स्वीमिङ पुल निर्माणमा दुई करोड ५० लाख रुपैया“ लगानी भएको अध्यक्ष कोइरालाले बताए ।
‘प्रमुख उद्देश्य स्वस्थ जनशक्ति तयार पार्दै फुटबल तथा पौडी खेलको विकास गर्ने हो,’ अध्यक्ष कोइरालाले भने, ‘स्वस्थ र स्वच्छ समाजको निर्माणका लागि खेलकुद एउटा शसक्त माध्यम हो । भविष्यमा इन्डोर क्रिकेट, जीम हल, एरोबिक, जुम्बा, इन्डोर ब्याडमिन्टन, बास्केटबल पनि सञ्चालनमा ल्याउने योजना छ ।’

Comment