रियो ओलम्पिकमा फुपुल्हामुले नेपाली झन्डा बोक्ने

team nepale
ब्राजिलको रियोमा ५ अगस्टबाट शुरु हुने ओलम्पिक खेलको उद्घाटनमा नेपाली टिमको नेतृत्व गर्दै जुडोकी फुपुल्हामु खत्रीले झन्डा बोक्ने भएकी छन् । शनिवार नेपाल ओलम्पिक कमिटीको भवनमा आयोजीत कार्यक्रममा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले सो घोषणा गरेको हुन् । ‘भर्खरै भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुदमा उनले ले स्वर्ण जितेकी थिइन ।  एनओसी अध्यक्ष श्रेष्ठले भने, ‘एनओसीको कार्यकारीणी समितिको बैठकले सो निर्णय गरेको हो ।’
श्रेष्ठले ग्लोबन आइएमइ बैंकले ओलम्पिकमा सहभागी हुने टिमलाई ड्रेस प्रायोजन गरेको र तयारीका लागि १० लाख रुपैयाँ प्रदान गरेको समेत जानकारी गराउनुभयो । सो अवसरमा श्रेष्ठले केहि दिनमा नै सिवानी एयरसँग बार्षिक रुपमा प्रायोजनको विषयमा सम्झौता हुन लागेको समेत घोषणा गरे । ‘सिवानी एयरका प्रोपाइटर मणिन्द्रलाल रंजित बाहिर रहेकाले उनी आउने वित्तिक  सम्झौता हुन्छ । सिवानी एयरले एनओसीलाई बार्षिक २० लाख प्रदान गर्ने सहमति भएकोछ ।’ सम्झौता हुन बाँकी रहेको छ । रंजित रियो ओलम्पिकमा एनओसी अतिथिका रुपमा सहभागी हुँदै छन् । त्यसैगरि एनआरएनएका अध्यक्ष शेष घले पनि एनओसीका अतिथिका रुपमा रियो ओलम्पिकमा सहभागी हुदैछन् । एनआरएनसँग एनओसीको सम्झौता भए को छ ।
‘हामीले २०२० सम्मका लागि एनआरएनसँग सम्झौता गरेका छौं । एनआरएनका खेलाडीले समेत सहभागीता जनाउने छन् । यस पटक पनि गौरिका सिंह रहेकी छन् ’ श्रेष्ठले भने । जुडोकी फुपुल्हामु खत्रीले ९ अगस्टमा प्रतिस्पर्धा गर्नेछिन् । उनले महिला ६३ केजी तौलसमूहमा प्रतिस्र्धा गर्नेछिन् । त्यसैगरि आर्चरीका जितबहादुर मुत्ताङले व्यक्तिगत कर्वतर्फ प्रतिस्पर्धा गर्ने छन् । तेक्वान्दोकी निशा रावलले २० अग्रस्टमा ६७ भन्दा बढि तौलसमूहमा प्रतिस्पर्धा गर्नेछिन् । त्यसैगरि एथलेटिक्ककी सरस्वती भट्टराईलाई १५ सय मिटरमा १२ अगष्टमा प्रतिस्पर्धा गर्नेछिन् । पुरुषका एथलेटिक्स खेलाडी हरिकुमार रिमालले ५ हजार मिटर दौडतर्फ भाग लिएका छन् । उनको प्रतिस्पर्धा १७ अगष्टमा हुने छ । त्येग्रि पौडीतर्फ ७ अगष्टमा महिलाको एक सय मिटर ब्याकस्ट्रोकमा गौरिका सिंहले प्रतिस्पर्धा गर्ने छिन् । उनी लन्डनमा नै रहेकी छन् । उतैबाट ब्राजिलको रियो जाने कार्यक्रम रहेको छ । पुरुष पौडी खेलाडी शिरिष गुरुङले १ सय मिटर फ्रिस्टाइलमा प्रतिस्पधा गर्ने छन् । उनको प्रतिस्पर्धा ९ अगष्टमा हुने छ ।
रियो ओलम्पिकमा नेपालबाट पाँच खेलका सात खेलाडीले सहभागीता जनाउँदैछन् । पौडीतर्फ शिरिष गुरुङ र गौरिका सिंह छन् । पौडीको प्रशिक्षकाम इश्वरकुमार कार्की रहेका छन् । टिम अफिसियलमा पौडीका अध्यक्ष अशोक बज्राचार्य छन् । त्यसैगरि जुडोबाट फुपुल्हामु खत्रीले भाग लिर्दैछिन् । उनकी कोच देव थापा पनि ओलम्पियन हुन् । जुडोका अध्यक्ष दीपकहर्ष बज्राचार्य टिम अफिसियलमा छन् ।
आर्चरीमा जितबहादुर मोक्ताङले प्रतिस्पर्धा गर्दैछन् कोचमा दिपकराज गुरुङ रहेका छन् । टिम अफिसिलमा रमेशकुमार श्रेष्ठ र समिम मिया अन्सारी रहेका छन् । तेक्वान्दोतर्फ निशा रावलको प्रशिक्षकमा ओलम्पियन संगिना बैद्य रहेकी छन् । टिम अफिसियलमा राजन श्रेष्ठ छन् । रियो ओलम्पिकमा एनओसीका अध्यक्ष श्रेष्ठ, महासचिव लामा टेन्डी शेर्पा बाहेक उपाध्यक्ष ज्योती राणा, कोषाध्यक्ष रतन टन्डन, सदस्य निलेन्द्रराज श्रेष्ठ छन् । त्यसैगरि सुजनलाल श्रेष्ठ र टिम डाक्टरमा सरोज कृष्ण श्रेष्ठ रहेका छन् ।
नेपाली टिमका सेफ दि मिसन राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट छन् । विष्ट र सुजनलाल श्रेष्ठ शनिवार राती नै रियोतर्फ प्रस्थान गरेका छन् । नेपालले गत २०१५ को जनवरीदेखि रियो ओलम्पिकका लागि तयारी गरेको एनओसी अध्यक्ष श्रेष्ठले बताए । ‘पहिलो पटक सहज रुपमा शान्तिपूर्ण वातावरणमा ओलम्पिकमा सहभागीता जनाउने अवसर मिलेको छ ।’ श्रेष्ठले भने,‘जसका कारण कर्पाेरेट हाउससँगसमेत हातेमालो गर्न सक्यौं ।’ सो अवसरमा नेपाल ओलम्पिक एकेडेमीका अध्यक्ष धु्रवबहादुर प्रधानले ओलम्पिकको महत्वको सहभागीताको विषयमा प्रष्ट पारेका थिए । कार्यक्रममा ग्लोबल आइएमइका मार्केटिङ प्रमुख प्रसन्न बास्कोटा र एनआरएनएका ए सि शेर्पालाई प्रशंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रममा ओलम्पिकमा सहभागी हुने खेलाडी, प्रशिक्षक, टिम अफिसियललगायको उपस्थिति थियो । सो अवसरमा नेपाली टिमको अफिसियल ड्रेस प्रदर्शन गरिएको थियो ।

Comment