दुवै सेन्ट जेभियर्स फाइनलमा

आयोजक सेन्ट जेभियर्स स्कुल, गोदावरी र सेन्ट जेभियर्स स्कुल, जावलाखेल १९ औं फादर मोरान स्मृति अन्तरविद्यालय आमन्त्रण छात्र फुटबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेका छन् । दुवै टाइब्रेकरमा विजयी भए ।
गोदावरीले लिटिल एन्जल्स (एलए) स्कुललाई २–१ गोलले हरायो । निर्धारित समयकमा दुवैले २–२ गोलको बराबरी खेले भने अत्तिरिक्त समय गोलरहित बराबरीमा सकियो ।जावलाखेलले नेपाल एपीएफ स्कुललाई ३–२ ले पराजित ग¥यो । निर्धारित समयको खेल १–१ तथा अत्तिरिक्त समयको खेल गोलरहित बराबरीमा सकिएको थियो ।फाइनल शनिबार हुनेछ ।

Comment