मोर्निङ ग्लोरीद्वारा गुरुङ सम्मानित

taekwondo samaman

भोटेवाहलस्थित मोर्निङ ग्लोरी हाइस्कुलले तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक एवं मास्टर गणेश गुरुङलाई बिहीबार सम्मान गरेको छ ।
विदेशमा रहेर पनि तेक्वान्दोको विकास र विस्तारमा योगदान पु¥याएवापत गुरुङलाई सम्मान गरिएको हो । मोर्निङ ग्लोरीका प्रिन्सिपल विजय प्रधानले गुरुङलाई प्रशंसापत्र प्रदान गरी सम्मान गरे ।
पवर्तको दुर्लुङमा जन्मेका ४३ वर्षिय गुरुङ करिब २० वर्षदेखि हङकङमा बस्दै आएका छन् । पाँचौं डान गुरुङले सन् २००९ देखि हङकङमा टप माउन्टेन तेक्वान्दो एसोसिएसन नामक संस्था चलाइरहेका छन् । उक्त एसोसिएसनको हङकङमै विभिन्न ८ शाखा छन् । सबै शाखामा मिलाएर करिब २ सय ५० खेलाडीले प्रशिक्षण लिइरहेको गुरुङले जानकारी गराए ।
गुरुङले अमेरिकाको पोर्टल्यान्डमा भएको पाँचौं अन्तर्राष्ट्रिय मैत्रीपूर्ण तेक्वान्दो च्याम्पियनसिपअन्तर्गत स्पाइरिङमा रजत तथा पुम्सेमा कांस्य पदक जितेका थिए ।
‘मेरो कदर गरी सम्मान गरेकोमा खुशी छु । मोर्निङ ग्लोरीलाई धेरै धन्यवाद ।’ सम्मान थापेपछि गुरुङले भने– ‘आफ्नो तीन हप्ते नेपाल बसाइका क्रममा मैले विभिन्न डोजाङबाट पनि सम्मान पाए । यसका लागि सबैलाई धन्यवाद दिन चाहन्छु ।’
गुरुङले मोर्निङ ग्लोरीमा रहेका तेक्वान्दो खेलाडीका लागि १२ थान किक प्याड उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरे । मोर्निङ ग्लोरीमा तेक्वान्दो प्रशिक्षकद्वय मनोज खड्गी र कुमार लामाले ७० खेलाडीलाई प्रशिक्षण दिइरहेका छन् ।गुरुङ शनिबार हङकङ फर्कने कार्यक्रम छ ।
opcap]

 

Comment