नेकोस जुडोमा रोशनलाई स्वर्ण

judo
ओसिड ‘ए’ का रोशन दोङले नेकोस तेश्रो राष्ट्रव्यापी जुडो प्रतियोगितामा बुधबार स्वर्ण जितेका छन् । नयाँ बजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा भएको पुरुष ५८ केजीमुनि फाइनलमा रोशनले होप्याड ‘ए’ का नुरबु तामाङलाई पराजित गरे ।
पुरुष ३० केजीमुनि ओसिड ‘ए’ का आशबहादुर कामी पहिलो भए । फाइनलमा उनले ओसिड ‘सी’ का राजन शाहीलाई हराए । ४१ केजीमुनि न्यु होराइजन ‘ए’ का आमर लामाले स्वर्ण जिते । उपाधि भिडन्तमा उनले सीडब्लुसीएन ‘बी’ का विवेक नेपालीको चुनौती समाप्त पारे । २० केजीमुनि पाम ‘बी’ का सविनकुमार दियालीले शीर्ष स्थान हात पारे । फाइनलमा सविनले पाम ‘ए’ का सुवर्ण गिरीलाई निराश पारे । ५५ केजीमुनि सीडब्लुसीएन ‘बी’ का दिनेश बुढा मगरले सीडब्लुसीएन ‘सी’ का राजकुमार तामाङलाई पाखा लगाउदै पहिलो स्थान हात पारे ।
नेपाल खेलकुद महासंघअन्तर्गतको राष्ट्रिय जुडो संघ, नेपालद्वारा आयोजितप्रतियोगिताको महिला ४८ केजीमुनि सीडब्लुसीएन‘ए’ की सीता सार्कीले पहिलो स्थान कब्जा गरिन् । सीताले फाइनलमा पाम ‘ए’ की विनिता भुजेललाई हराइन् । ३२ केजीमुनि न्यु होराइजन ‘ए’ की सकुन सुनवारले फाइनलमा होप्याडकी अनिता जिसीलाई पन्छ्याउदै पहिलो भइन् । ४० केजीमुनि सीडब्लुसीएन ‘ए’ की गोमा परियारले स्वर्ण चुमिन् । फाइनलमा गोमाले एमएमएसी ‘ए’ की सोममाया तामाङलाई पाखा लगाइन् ।
पहिलो दिनका विजेतालाई युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल, खेलकुद महासंघका कार्यवाहक अध्यक्ष केशव विष्टलगायलते पुरस्कार प्रदान गरे । दुईदिने प्रतियोगितामा २ सय भन्दा बढी खेलाडीले १८ स्वर्णका लागि प्रतिस्पर्धा गरिरहेको राष्ट्रिय जुडो संघका अध्यक्ष धर्मकुमार श्रेष्ठले जनाएका छन् ।

Comment