युवा खेलाडीको मनोनयन सार्वजनिक

साउन ६ मा हुने पल्सर स्पोर्ट्स अवार्डका लागि बर्षका बर्षका उत्कृष्ट युवा खेलाडीको मनोनयनमा उसुकी नीमा घर्तीमगर, पौडीकी गौरिका सिंह, जुडोकी मनीता श्रेष्ठ प्रधान, फुटबलका अन्जन विष्ट र क्रिकेटका सन्दीप लामिछाने परे । आयोजक खेलकुद पत्रकार मञ्चका सचिव राजु घिसिङको संयोजक तथा निरन्जन राजवंशी, हिमेशरत्न बज्राचार्य, प्रजित शाक्य, सरिता श्रेष्ठ, आदर्श ढकाल र प्रज्वल ओली सदस्य रहेको सात सदस्यीय खेलाडी छनोट समितिले २०७२ सालमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरिएको प्रदर्शन तथा हात पारेको नतिजाको नतिजाको आधारमा मनोनयन सूचि तयार पारेको हो ।nima1gaurika1anjan sandip
उसुकी नीमा घर्तीमगर १२ औं सागमा नेपाललाई पहिलो स्वर्णपदक विजेता हुन् । पौडीकी गौरिका सिंह
१२ औं सागमा ऐहितासिक १ रजत र ३ कांस्यसहित चार पदक जित्न सफल भएकी थिइन् । क्रिकेटका सन्दीप लामिछाने बंगलादेशमा सम्पन्न आईसीसी यू १९ विश्वकपका ६ खेलमा १४ विकेट लिन सफल भएका थिए । जुडोकी मनीता श्रेष्ठ प्रधान१२ औ सागमा ५७ केजीमुनिको स्पर्धामा रजत पदक जितेकी
हुन् । फुटबलका अन्जन विष्ट बंगबन्धु गोल्डकप र १२ औं साग र साफको उपाधि विजेता टोलीका सदस्य हुन् ।

Comment