प्राइम र ह्वाइट हाउस फाईलमा

nayana
आयोजक प्राइम र ह्वाइट हाउस कलेजको १२ औं प्राइम कप बास्केटबल प्रतियोगिताको महिला स्पर्धामा फाईनल प्रवेश गरेका छन् ।  महिलाको राउन्डरबिन खेलमा बुधवार आयोजक प्राइमले मोर्गनलाई ४६–४१ ले हरायो । पहिलो क्वाटरको २०–६ को अग्रतानै प्राइमका लागि आधार शिला बन्यो । दोश्रो क्वाटर ८–८ को बराबरीमा सकिदा तेश्रो क्वाटर प्राइम ११–८ ले आफ्नो नाममा पा¥यो । चौथो क्वाटरमा  प्राइम ७–१९ ले पछि परे पनि समग्रमा ४६–४१ को सागुरो जित निकाल्यो । जितसगै प्राइमले पनि तीन खेलबाट ९ अंक बनाएको छ । अन्तिम खेल गुमाएर ६ अंकमा सिमित भएको मार्गन उपाधि होडबाट बाहिरिएको छ । तीन खेलबाट समान ९ अंक बनाएका प्राइम र ह्वाइट हाउसले एक खेल अगावै फाईनलको यात्रा निश्चित गरेका हुन् । राउन्डरबिनका विजेता र उपविजेता फाइनलमा प्रवेश गर्ने छन् ।
नया बजार स्थित आयोजक कलेजको कोर्टमा भएको पुरुषको क्वाटरफाइनल खेलबाट सफलता हात पादै प्राइम,ज्ञाननिकेतन,गोल्डेनगेट र सीसीआरसी अन्तिम चारमा प्रवेश गरेका छन् । पहिलो क्वाटरफाईनल खेलमा आयोजक प्राइमले जेभियरलाई ४९–२६ को फराकिलो अन्तरले हराउदा अर्जुन श्रेष्ठले सर्वाधिक १७ स्कोर गरेका थिए । अशोक वाईवाको महत्वपूर्ण २९ स्कोरको मद्दतमा ज्ञाननिकेतनले क्यारवियनमाथी ५८–५२ को सागुरो जित निकाल्दै सेमिफाईनलमा प्राइमसग भेट पक्का गरेको छ । त्यस्तै गोल्डेनगेट कलेजले एलआरआई माथी १ अंकको रोमाञ्चक जित हात पा¥यो । दिवास तिम्सिनाको ब्यक्तिगत १७ स्कोरको सहयोगमा गोल्डेनगेटले एलआरआईलाई ५६–५५ ले निरास बनाएको थियो । बिकास बुढाथोकीको २० स्कोरको मद्दतमा साविक विजेता सीसीआरसीले बर्नहाटलाई ६२–५४ ले हरायो ।  समिफाईनलमा सीसीआरसी र गोल्डेनगेटबीच प्रतिस्पर्धा हुने छ ।

Comment