१४ औं प्याब्सन स्पोर्टस् मिटमा भलिबल प्रतियोगिता सुरु

पोखरा
प्याब्सन कास्कीको आयोजना, क्षेत्रीय एवं जिल्ला खेलकुद विकास समितिको व्यवस्थापन तथा कास्की जिल्ला फुटबल सङ्घको सहयोगमा सञ्चालित १४ औं प्याब्सन स्पोर्टस् मिट–२०७१ अन्तर्गत जारी फुटबल प्रतियोगितामा मड्डलबार सिनियरतर्फ १० तथा जुनियरतर्फ १० खेल सम्पन्न भएका छन्।
जुनियर लेभलको खेलमा धौलागिरि बोर्डिङ स्कुल, गुरुकुल विद्यासदन, पोखरा लर्नर्स र स्नो भ्यू एकेडेमी विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेका छन्। मड्डलबार भएको खेलमा धौलागिरि बोर्डिङ स्कुलले पोखरा एकेडेमीलाई २–०, गुरुकुल विद्यासदनले नीलगिरि बोर्डिङ स्कुललाई ५–०, पोखरा लर्नर्स स्कुलले ज्योतिकुञ्ज बोर्डिङ स्कुललाई टाइब्रेकरमा ३–२, स्नो भ्यू एकेडेमीले बालकल्याण बोर्डिङ स्कुललाई २–१ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेका हुन्।समूह बी बाट हिमाञ्चल बोर्डिङ स्कुलले पोखरा स्पाइरल ग्यालेक्सी स्कुललाई टाइब्रेकरमा २–० ले पराजित गर्दै कवाटरफाइनलमा प्रवेश गरेको छ।
समूह बी को अन्य खेलमा कुमुदिनी होम्सले बेसलाइन एकेडेमीलाई २–०, चिरगादी बोर्डिङ स्कुलले टप्स उमाविलाई ५–०, ढुंगेसाँघु बोर्डिङ स्कुलले शिशुनिकेतन बोर्डिङ स्कुललाई ९–०, मेरीगोल्ड बोर्डिङ स्कुलले शान्तिनिकुञ्ज बोर्डिङ स्कुललाई ३–० तथाशान्तिदीप बोर्डिङ स्कुलले फिस्टेल एकेडेमीलाई २–० ले पराजित गरेका छन्। क्वाटरफाइनलमा शुक्रबार धौलागिरिले गुरुकुल विद्यासदनसँग तथा पोखरा लर्नर्स स्कुलले स्नो भ्यू एकेडेमीसँग प्रतिस्पर्धा गर्नेछन्।बुधबार समूह बी का रेन्बो उकेडेमी र कुमुदिनी होम्स, चिरगादी बोर्डिङ र ढुंगेसाँघु बोर्डिङ तथा मेरीगोल्ड र शान्तिदीप बोर्डिङ स्कुलबीच प्रतिस्पर्धा हुने फुटबल खेल संयोजक जगत थापाले जानकारी दिए।
सिनियर लेभलको खेलमा स्नो भ्यू एकेडेमी, भ्यूपोइण्ट स्कुल, हाइवेगार्डेन स्कुल, सोसल पब्लिक स्कुल, बेसलाइन एकेडेमी, नोभेल एकेडेमी, बेथानी बोर्डिङ स्कुल र फिस्टेल एकेडेमी प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन्। मड्डलबार भएको समूह ए को खेलमा बेथानी बोर्डिङ स्कुलले सरस्वती उमाविलाई ४–१, नोभेल एकेडेमीले पोखरा पब्लिक स्कुललाई ५–१, बेथानी बोर्डिङ स्कुलले हिमाञ्चल बोर्डिङ स्कुललाई २–० तथ फिस्टेल एकेडेमीले विद्यानिकेतन स्कुललाई ५–२ ले पराजित गरेका छन्।
समूह बी को खेलमा हिलपोइण्ट हाइस्कुलले अल्फा बोर्डिङ स्कुललाई ४–०, नेपाल अदर्श आउमाविले धौलागिरि बोर्डिङ स्कुललाई ४–१, लोटस एकेडेमीले डायनामिक बोर्डिङ स्कुललाई टाइब्रेकरमा ४–२, न्यू मिलेनियम एकेडेमीले विन्ध्येश्वरी बोर्डिङ स्कुललई ३–०, ताराकुञ्ज बोर्डिङ स्कुलले सृजना उमाविलाई टाइब्रेकरमा ६–५ तथा कञ्चनजंघा बोर्डिङ स्कुलले अमरज्योति बोर्डिङ स्कुललाई १–० ले पराजित गरेको छ।सिनियर फुटबलका अन्य खेल शुक्रबार हुने प्याब्सन कास्कीका सहसचिव राजु अधिकारीले जानकारी दिए।
जुनियर लेभलको खेल हेमजाको विष्णुपादुका र गौरीशंकर खेलमैदानमा तथा सिनियर लेभलको खेल क्षेत्रीय सशस्त्र प्रहरी गण पार्दी र सहारा एकेडेमीको खेलमैदान दोबिल्लामा सञ्चालन हुनेछ। जुनियर फुटबल प्रतियोगितामा ६९ तथा सिनियर फुटबलमा ६८ विद्यालयको सहभागिता रहेको छ।
यस्तै कास्की जिल्ला भलिबल सङ्घको सहयोगमा मड्डलबारदेखि भलिबल प्रतियोगिता पनि प्रारम्भ भएको छ। जसअन्तर्गत छात्रतर्फको पहिलो खेलमा न्यू मिलेनियम एकेडेमीले पोखरा लर्नर्स स्कुललाई २५–१७, २५–१८, हिलसइड बोर्डिङ स्कुलले चिरगादी बोर्डिङ स्कुललाई २५–१७, २५–१९, सगरमाथा उमाविले शिशुनिकेतन बोर्डिङ स्कुललाई २५–१२, २५–११, नेपाल आदर्श आउमाविले शिशुकल्याण बोर्डिङ स्कुललाई २५–२२, २५–२१ तथा भाष्कर मेमोरियल बोर्डिङ स्कुलले फेवा पब्लिक स्कुलाई २५–१०, २५–१६ ले पराजित गरेका छन्।बुधबार छात्र भलिबलतर्फ पाँच खेल हुनेछन्। छात्र भलिबलमा २९ विद्यालयको सहभागिता रहेको छ।
कुल २६ स्वर्ण, २६ रजत तथा २६ कास्यपदकको लागि एक हप्तासम्म प्रतिस्पर्धा हुने १४ औं प्याब्सन स्पोर्टस् मिट–२०७१ मा प्याब्सन कास्कीसँग आवद्ध एक सयमध्ये ९१ वटा विद्यालयको सहभागिता रहेको छ। जुनियर लेभलदेखि खेलाडी उत्पादन गर्ने सर्तमा यसपटकदेखि जिल्ला खेलकुद विकास समिति कास्कीले सम्पूर्ण खेलको लागि खेलसामग्री निःशुल्करूपमा उपलब्ध गराएकोे छ। प्रतियोगिताको औपचारिक उद्घाटन भने मङ्सिर २५ गते पोखरा रड्डशालामा हुनेछ।

Comment