प्राइम र जेभियर क्वाटर फाईनलमा

prime cup basketball

आयोजक प्राइम र जेभियर इन्टरनेश्नल कलेज १२ औं प्राइम कप बास्केटबल प्रतियोगिताको क्वाटरफाईलमा प्रवेश गरेका छन् । मंगलवार भएको पुरुषतर्फको खेलमा आयोजक प्राइमले नवोदित कलेजलाई ९६–१७ को बिशाल अन्तरले पराजित ग¥यो । प्राइमको जितमा अजुन श्रेष्ठले सर्वाधिक २३ स्कोर गरे । अजय कुसवाको १४ स्कोरको मद्दतमा जेभियरले पेन्टागन माथी ५५–१६ को सहज जित निकाल्दै आयोजक प्राइमसग क्वाटर फाईनलमा भेट पक्का ग¥यो ।
नया बजार स्थित आयोजक कलेजको कोर्टमा भएको पुरुषको अन्य प्रि–क्वाटर खेलमा ज्ञाननिकेतन,सीसीआरसी,बर्नहाट,गोल्डेनगेट,एलआरआई र क्यारवियन बिजयी भए । अशोक वाइवाको २८ स्कोरको मद्दतमा ज्ञान निकेतले एस कलेजलाई ४२–३१ ले हराउदै क्यारवियनसग भेट पक्का ग¥यो । सीसीआरसीले मोर्गनलाई ६७–४८ ले हराउदा अनिष मगर र गोपिन पुनको समान १५ स्कोरको योगदान र¥यो । बर्नहाटले रियामाथी ५३–५१ को रोमाञ्चक जित निकाल्दा बिनोद भण्डारीले १५ स्कोरको योगदा दिए । साबिक विजेता सीसीआरसी र बर्नहाट कलेज  क्वाटर फाईनलमा प्रतिस्पर्धा गर्ने छन् । त्यस्तै गोल्डेनगेटले लिभरपुलमाथी ६५–६३ को सागुरो जित निकाल्दै एलआरआईसगको क्वाटर फाईनल यात्रा तय ग¥यो । गोल्डेन गेटको जितमा युसाङ तामाङले सर्वाधिक १८ स्कोर गरे । प्रविन विक्रम शाहीको १४ स्कोरको सहयोगमा एलआरआईले नासालाई ५९–५० ले हरायो । अर्को खेलमा क्यारवियनले वागमतीलाई ३८–२७ ले हराउदा अर्जुन बिलीले महत्वपुर्ण २० स्कोर गरे ।

Comment